Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निष्कर्ष, केन्द्रको निर्देशन कुर्ने

खबरडबली संवाददाता

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय नगर्ने भएको छ। सोमबार काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकार छाड्ने विषयमा पार्टीको केन्द्रीय नेतृत्वबाट औपचारिक निर्देशन नआएसम्म वर्तमान गठबन्धनमै रहने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बागमती प्रदेशका कृषि, पशुपन्छी तथा वातावरण मन्त्री मधुसूदन पौडेलले पार्टी केन्द्रबाट कुनै आधिकारिक निर्णय वा निर्देशन प्राप्त नभएकाले अहिले नै मन्त्रीहरूले राजीनामा दिने अवस्था नरहेको बताए।

उनले पछिल्लो समय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा आएका मन्त्रीहरूको राजीनामासम्बन्धी चर्चालाई आधारहीन भएको उल्लेख गर्दै पार्टीको निर्णय नै अन्तिम हुने स्पष्ट पारे।

मन्त्री पौडेलका अनुसार हाल बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन यथावत् रहेको छ। राजनीतिक समीकरणबारे शीर्ष तहमा छलफल भइरहे पनि अहिलेसम्म कुनै ठोस निर्णय नभएकाले सरकार परिवर्तनबारे निष्कर्षमा पुग्ने अवस्था नरहेको उनले बताए।

उनले मन्त्रालयहरूको जिम्मेवारी, बिना विभागीय मन्त्रीहरूको व्यवस्थापनलगायत विषयमा पनि पार्टीको माथिल्लो तहमा छलफल भइरहेको जानकारी दिँदै त्यसबारे एक–दुई दिनभित्र निर्णय आउन सक्ने संकेत गरे।

यस्तै, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टी केन्द्र र अन्य राजनीतिक दलसँग आवश्यक छलफल तथा संवादपछि मात्रै आगामी रणनीति तय गरिने बताए। उनका अनुसार अहिलेका लागि सरकारबाट बाहिरिने कुनै निर्णय भएको छैन र केन्द्रको निर्देशनअनुसार नै आगामी कदम चालिनेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहका पाँच सर्तबारे कांग्रेस संस्थापन मौन, सहमतिका लागि संवाद जारी: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...

पुँजी बजारका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...

पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक पूर्ण रूपमा अवरुद्ध

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...

पछिल्लो २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले ग...

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।  ...

सेयर बजारमा निरन्तर उछाल, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending