Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

पाखोमा फुल्यो ‘सेतो सुन’, काउलीले बदलियो डाँडाबजारको जीवन

मकै–कोदो फल्ने बारीमा अहिले लाखौंको तरकारी, किसानको जीवनशैलीमै परिवर्तन

खबरडबली संवाददाता

धनकुटा । केही वर्षअघिसम्म धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारका अधिकांश किसानको जीवन मकै, कोदो र आलुको भरमा चल्थ्यो। उत्पादनले वर्षभरि खानै मुस्किल पर्ने अवस्था थियो। धेरैजसो परिवारले जग्गा बाँझै छोड्ने वा सस्तोमा अरूलाई ठेक्कामा दिने गर्थे। तर अहिले त्यही डाँडाबजार पूर्वी नेपालकै चर्चित तरकारी उत्पादन केन्द्रमध्ये एक बनेको छ।

बिहानको कुहिरो अझै हटिसकेको छैन। शीतले भिजेको काउली बारीमा ४५ वर्षीय खड्गबहादुर लिम्बू हातमा कचिया र पिठ्युँमा डोको बोकेर व्यस्त छन्। तराईबाट व्यापारीको गाडी आउँदै छ, त्यसैले काउली टिपेर तयारी अवस्थामा राख्नुपर्ने चटारो छ।

“पहिले यही जमिनमा मकै र कोदो लगाउँथ्यौँ, आम्दानी खासै हुँदैनथ्यो,” उनी भन्छन्, “अहिले काउलीले घरखर्च मात्र होइन, भविष्यका सपना पनि धान्न थालेको छ।”

वार्षिक ५० हजार रुपैयाँ तिरेर भाडामा लिएको जग्गासहित १२ रोपनी क्षेत्रफलमा उनले काउली खेती गरेका छन्। यस वर्ष उत्पादन राम्रो भएकाले करिब ६० क्विन्टल काउली बिक्री हुने अपेक्षा छ। सिजनमा मात्रै तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान उनले गरेका छन्।

डाँडाबजारमा खड्गबहादुर एक्ला होइनन्। गाउँका सयौँ किसान अहिले व्यावसायिक तरकारी खेतीमा लागेका छन्। कुनै समय खाद्यान्न अभाव झेल्ने यो बस्ती अहिले काउली, मुला, धनियाँ र अन्य तरकारीका कारण चिनिन थालेको छ।

बन्दुकबाट कुदालतर्फ
डाँडाबजारको कृषि यात्राको अर्को प्रेरणादायी पात्र हुन् तारावीर तामाङ। एक समय सशस्त्र प्रहरी बलमा हवल्दार रहेका उनी अहिले सफल किसानका रूपमा परिचित छन्।

२०६३ सालको शान्ति प्रक्रियापछि जागिर छाडेर गाउँ फर्किएका तारावीरले कृषि रोजे। सुरुमा धेरैले उनको निर्णयलाई असफल हुने अनुमान गरेका थिए। तर अहिले २० रोपनी जग्गामा तरकारी खेती गरेर उनले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्।

“जागिरले तलब दिन्थ्यो, खेतीले आत्मविश्वास दिएको छ,” उनी भन्छन्, “अहिले माटोसँगको सम्बन्ध नै मेरो सबैभन्दा ठूलो सम्पत्ति बनेको छ।”

उनको १५ रोपनीमा काउली र बाँकी जग्गामा मुला, मकै तथा भटमास खेती भइरहेको छ। वर्षमा दुई सिजन तरकारी बेचेर चार लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन्।

तरकारीले इन्जिनियर बनाएको छोरा
डाँडाबजारकै अर्की मेहनती किसान हुन् सीता घिमिरे। एक समय परिवारको गुजारा चलाउन संघर्ष गर्ने उनी अहिले तरकारी खेतीकै आम्दानीबाट छोरालाई सफ्टवेयर इन्जिनियर बनाउन सफल भएकी छन्।

उनका छोरा डेनिस घिमिरे भारतको बैङ्लुरुमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत छन् भने छोरी उच्च शिक्षामा अध्ययनरत छिन्।

“पहिले बारी अरूलाई ठेक्कामा दिन्थ्यौँ, खेतीबाट केही हुँदैन भन्ने लाग्थ्यो,” सीता भन्छिन्, “तर जब आफैँले व्यावसायिक खेती सुरु गर्‍यौँ, जीवनको दिशा नै बदलियो।”

१२ रोपनी जग्गामा काउली, मुला, धनियाँ र अन्य तरकारी उत्पादन गर्ने उनको परिवारले गाईभैँसीपालन र होमस्टे व्यवसाय पनि सञ्चालन गरेको छ। एक सिजनमै डेढदेखि दुई लाख रुपैयाँसम्म नाफा हुने उनी बताउँछिन्।

बढ्दो आम्दानीसँगै बढेका चुनौती
तरकारी खेतीले डाँडाबजारका किसानको जीवनस्तर उकासे पनि समस्या भने सकिएका छैनन्। उत्पादन बढे पनि बजार मूल्यमा हुने अस्थिरता र बिचौलियाको दबाबले किसान चिन्तित छन्।

किसानले प्रतिकिलो ३०–३५ रुपैयाँमा बेच्ने काउली उपभोक्तासम्म पुग्दा ८० देखि १०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। कहिलेकाहीँ मूल्य २० रुपैयाँमा झर्दा लागतसमेत उठाउन कठिन हुने किसानको गुनासो छ।

त्यसमाथि रोगको समस्या पनि थपिएको छ। काउलीको फेदमा गिर्खा पर्ने रोग फैलिन थालेको भए पनि पर्याप्त प्राविधिक सहयोग नपाएको किसानहरू बताउँछन्।

“हामी उत्पादन गर्न सक्छौँ, तर बजार र प्राविधिक सहयोगमा राज्यको साथ चाहिएको छ,” तारावीर तामाङ भन्छन्।

कृषि केन्द्र बन्ने लक्ष्य
वडा नम्बर ५ का अध्यक्ष खड्गबहादुर लिम्बूका अनुसार वडाभित्रका ५२८ घरधुरीमध्ये ४०० भन्दा बढी परिवार व्यावसायिक खेतीमा संलग्न छन्। किसानलाई प्रोत्साहन गर्न बीउबिजन वितरणका लागि बजेटसमेत छुट्याइएको छ।

गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार ‘एक वडा, एक प्राविधिक’ नीति कार्यान्वयन गर्दै किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने प्रयास भइरहेको छ। मिनी टिलर, मल्चिङ प्रविधि तथा अन्य कृषि उपकरणमा अनुदान दिइँदै आएको छ।

तरकारी खेतीले डाँडाबजारको अर्थतन्त्रलाई नयाँ दिशा दिएको छ। मकै र कोदोले मात्रै जीवन धान्न नसक्ने पहाडी बस्तीमा अहिले काउलीले रोजगारी, आम्दानी र आशाको नयाँ कथा लेखिरहेको छ। तर यो परिवर्तनलाई दिगो बनाउन किसानको मेहनतसँगै बजार व्यवस्थापन, प्राविधिक सेवा र राज्यको प्रभावकारी साथ उत्तिकै आवश्यक देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending