काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतालाई भ्रमित बनाएर चुनावी विजय हासिल गरेको टिप्पणी गरेका छन्।
बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि र सुशासनका लोकप्रिय नारा दिएर जनतालाई आकर्षित गरेको बताए।
उनले भने, ‘रास्वपा पार्टी भनेको एउटा पपुलिस्ट पार्टी हो। उसले पपुलर नारा दियो। पपुलर नाराबाट, अल्गोरिदमको माध्यमबाट उसले जनतालाई भ्रमित बनायो। जनतालाई विघटित गर्यो। क्रान्तिकारीहरूलाई, गणतन्त्रका संवाहकहरूलाई, लोकतन्त्रका संवाहकहरूलाई खलनायकको रूपमा पूरै स्थापित गर्यो, हत्याराको रूपमा। जनताको केही नगरेकाहरूलाई नायक बनाइदियो।’
थापाले रास्वपाले एआई र अल्गोरिदमको राम्रो प्रयोग गरेको दाबी गर्दै अहिलेको सफलता अस्थायी भएको टिप्पणी गरे।
उनले भने, ‘अहिले अस्थायी रूपमा उनीहरू सफल भए, हाम्रा कमजोरीहरूलाई टेकेर उनीहरू सफल भए पनि यो सफलता अस्थायी हो। यसलाई अस्थायी बनाउन पार्टीलाई नयाँ नीतिको आधारमा पुनर्गठन गर्नुपर्छ।’
उनले रास्वपामाथि सरकार सञ्चालनका क्रममा स्वेच्छाचारिता र अधिनायकवादी प्रवृत्ति देखिएको आरोपसमेत लगाए।
उनका अनुसार रास्वपाले नागरिकको संगठित हुने मौलिक अधिकारमाथि हस्तक्षेप गर्न खोजिरहेको छ र सुकुम्वासीमाथि दमन भइरहेको छ।
थापाले लोकतान्त्रिक संस्थाहरू कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै गणतन्त्रलाई नै समाप्त पार्ने खतरा रहेको टिप्पणी गरे।
साथै, उनले प्रधानमन्त्रीले सत्ता टिकाउन भारतसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाउँदै रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणबारे पनि प्रश्न उठाए।
उनले भने, ‘एउटा प्रधानमन्त्री वा राष्ट्रपतिलाई झैँ पार्टी अध्यक्षलाई भव्य स्वागत गरिएको देखियो। यसको राजनीतिक अर्थ के हो ? उनीहरू विद्यमान नेतृत्वसँग सन्तुष्ट छैनन् र अर्को नेतृत्व स्थापना गर्न सहयोग गर्न चाहन्छन्।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...
श्रावण १४ गते, २०८३ - १७:३३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...
श्रावण १४ गते, २०८३ - १७:२७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...
श्रावण १४ गते, २०८३ - १७:१७
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...
श्रावण १४ गते, २०८३ - १७:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...
श्रावण १४ गते, २०८३ - १७:०३
जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...
श्रावण १४ गते, २०८३ - १६:५५
काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...
श्रावण १४ गते, २०८३ - १६:५०
काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...
श्रावण १४ गते, २०८३ - १६:४३
जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...



प्रतिकृया लेख्नुहोस्: