Khabar Dabali २१ जेष्ठ २०८३ बिहीबार | 4th June, 2026 Thu
Investment bank

पिसाब फेर्ने क्रममा भिरबाट खसेर किशोरको मृत्यु

खबरडबली संवाददाता

तनहुँ। तनहुँमा भिरबाट खसेर एक किशोरको  मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७, भोटेपानी बस्ने अन्दाजी १७ वर्षीय अस्मित रानाको भिरबाट खसेर मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीका अनुसार बुधबार राति अन्दाजी ११:३० बजे शुक्लागण्डकी नगरपालिका–५, झरौटास्थित केही व्यक्तिहरूसँग मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा राना पिसाब फेर्न भनी निस्किएको थिए। 

सोही क्रममा उनी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पछाडि रहेको झरौटा खोला सँगैको सिसौघारी भिरबाट करिब ९० मिटर तल खसेको थिए। 

भिरबाट खसेर गम्भिर घाइते भएका रानालाई घटनास्थलबाट तत्कालै उद्धार गरी राति १२:२० बजे उपचारका लागि जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएको थियो । 

अस्पताल ल्याएलगत्तै उपचारकै क्रममा राति १२:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिडियाखानामा राखिएको ‘ट्रम्प’ भैँसी

ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको स्कर्पियो चोरी

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी चोरी भएको छ। मध्यराति ठेचो क्षेत्रबाट उक्त स...

सरकार सुशासन र द्रुत आर्थिक विकासमा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासका काममा प्रतिबद्ध भएर लागेको बताएको छन् । बिहीबार ललितपुरमा आयोजित विकास ...

राप्रपा पदाधिकारीसहित १८३ ले छोडे पार्टी, संसद्मा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता नगरिएको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जनाले पार्टी परित्याग गरेका छन्। राप्रपाका महामन्त्री डा. धवलशमशेर...

टी–२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक

काठमाडौँ। नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले लगातार दुई खेलमा शतक बनाएको छन् । एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा ब...

पिसाब फेर्ने क्रममा भिरबाट खसेर किशोरको मृत्यु

तनहुँ। तनहुँमा भिरबाट खसेर एक किशोरको  मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७, भोटेपानी बस्ने अन्दाजी १७ वर्षीय अस्मित रानाको भिरबाट खसेर ...

सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, छानबिन गर्न डीआईजी नेतृत्वमा समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालयस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले...

२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

सुर्खेत। सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ । ‘कर्णाल...

साफ महिला च्याम्पिनसिपको फाइनलमा भारत र बङ्गलादेश भिड्ने

काठमाडौँ। भारतको गोवामा जारी साफ महिला च्याम्पिनसिपको फाइनलमा घरेलु टोली भारत र बङ्गलादेश भिड्ने भएका छन् । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारत...

एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

काठमाडौँ। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ ।  समूह ‘डी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending