काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालयस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार समितिले घटनाको अनुसन्धान सुरु गरिसकेको छ।
प्रवक्ता भट्टले आगलागीको कारण र क्षतिको यथार्थ विवरण पत्ता लगाउन समिति गठन गरिएको जानकारी दिए। समितिलाई कुनै निश्चित समयसीमा नतोकिए पनि सकेसम्म छिटो छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
बुधबार राति करिब ८ बजेतिर सशस्त्र प्रहरी मुख्यालयस्थित सवारी शाखामा आगलागी भएको थियो। आगलागीबाट केही सवारी साधनमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बंगलामुखी गणबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो। घटनाबाट भएको क्षतिको पूर्ण विवरण भने अझै सार्वजनिक गरिएको छैन।
यसअघि पनि सशस्त्र प्रहरी मुख्यालय तथा सतुङ्गलस्थित सशस्त्र प्रहरीको स्टोरमा आगलागीका घटना भएका थिए। पछिल्लो घटनापछि सुरक्षा व्यवस्था र आगलागी नियन्त्रणका उपायबारे समेत चासो बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - १४:४३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासका काममा प्रतिबद्ध भएर लागेको बताएको छन् । बिहीबार ललितपुरमा आयोजित विकास ...
जेष्ठ २१ गते, २०८३ - १४:२१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जनाले पार्टी परित्याग गरेका छन्। राप्रपाका महामन्त्री डा. धवलशमशेर...
जेष्ठ २१ गते, २०८३ - १३:५६
काठमाडौँ। नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले लगातार दुई खेलमा शतक बनाएको छन् । एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा ब...
जेष्ठ २१ गते, २०८३ - १३:४३
तनहुँ। तनहुँमा भिरबाट खसेर एक किशोरको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७, भोटेपानी बस्ने अन्दाजी १७ वर्षीय अस्मित रानाको भिरबाट खसेर ...
जेष्ठ २१ गते, २०८३ - १३:१३
काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालयस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले...
जेष्ठ २१ गते, २०८३ - १३:०१
सुर्खेत। सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ । ‘कर्णाल...
जेष्ठ २१ गते, २०८३ - १२:५५
काठमाडौँ। भारतको गोवामा जारी साफ महिला च्याम्पिनसिपको फाइनलमा घरेलु टोली भारत र बङ्गलादेश भिड्ने भएका छन् । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारत...
जेष्ठ २१ गते, २०८३ - १२:२७
काठमाडौँ। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५...
जेष्ठ २१ गते, २०८३ - १२:११
बागलुङ। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ । करिडोरको बागलुङ खण्ड...
जेष्ठ २० गते, २०८३ - १७:५६
काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...



प्रतिकृया लेख्नुहोस्: