काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जनाले पार्टी परित्याग गरेका छन्।
राप्रपाका महामन्त्री डा. धवलशमशेर राणानिकट नेता तथा कार्यकर्ताहरूले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेहरूमा मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत शीर्ष तहका नेताहरू रहेका छन्।
पार्टी छाड्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला सदस्यसमेत समावेश छन्।
असन्तुष्ट पक्षले बिहीबारको राजीनामालाई पहिलो चरणको पार्टी परित्याग भएको जनाएको छ। उनीहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैलीलाई आत्मकेन्द्रित, कमजोर तथा हिनभावयुक्त भएको आरोप लगाएका छन्।
राजीनामा दिने नेताहरूले राप्रपाले आफ्नो मूल नीति र सिद्धान्तबाट विचलित भएको दाबी गरेका छन्। जनताकेन्द्रित राजनीति पार्टीको प्राथमिकता भनिए पनि व्यवहारमा त्यसअनुसार पार्टी सञ्चालन हुन नसकेको उनीहरूको आरोप छ।
उनीहरूले केन्द्रीय कार्यसमितिलाई जानकारी नै नदिई पार्टी नेतृत्व प्रचण्ड नेतृत्वको सरकारको ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ सम्बन्धी न्यूनतम साझा कार्यक्रमको साझेदार बनेको भन्दै आपत्ति जनाएका छन्।
विज्ञप्तिमा पार्टीभित्र देखिएको विचलन, विरोधाभास तथा भनाइ र गराइबीचको असन्तुलनका कारण पार्टी जनताबाट दण्डित भएको उल्लेख गरिएको छ।
पार्टीभित्र जवाफदेहिता स्थापित गर्न र स्वेच्छाचारिताको नियमन गर्न खोज्दा नेता तथा कार्यकर्तामाथि निरंकुश शैलीमा कारबाही गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
राजीनामा पत्रमा भनिएको छ, “राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू पटक–पटक विफल बनाउन पार्टी नेतृत्व नै अग्रसर भयो। तर संसद्मा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता गरिएन।”
उनीहरूले राप्रपा स्थापना गर्दाका मूल मान्यता, उद्देश्य र सिद्धान्तहरू समाप्त पार्ने प्रवृत्ति बढेकाले पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन्।






यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - १५:३१
पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...
जेष्ठ २१ गते, २०८३ - १५:१६
ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...
जेष्ठ २१ गते, २०८३ - १५:०९
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी चोरी भएको छ। मध्यराति ठेचो क्षेत्रबाट उक्त स...
जेष्ठ २१ गते, २०८३ - १४:४३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासका काममा प्रतिबद्ध भएर लागेको बताएको छन् । बिहीबार ललितपुरमा आयोजित विकास ...
जेष्ठ २१ गते, २०८३ - १४:२१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जनाले पार्टी परित्याग गरेका छन्। राप्रपाका महामन्त्री डा. धवलशमशेर...
जेष्ठ २१ गते, २०८३ - १३:५६
काठमाडौँ। नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले लगातार दुई खेलमा शतक बनाएको छन् । एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा ब...
जेष्ठ २१ गते, २०८३ - १३:४३
तनहुँ। तनहुँमा भिरबाट खसेर एक किशोरको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७, भोटेपानी बस्ने अन्दाजी १७ वर्षीय अस्मित रानाको भिरबाट खसेर ...
जेष्ठ २१ गते, २०८३ - १३:१३
काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालयस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले...
जेष्ठ २१ गते, २०८३ - १३:०१
सुर्खेत। सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ । ‘कर्णाल...
जेष्ठ २१ गते, २०८३ - १२:५५
काठमाडौँ। भारतको गोवामा जारी साफ महिला च्याम्पिनसिपको फाइनलमा घरेलु टोली भारत र बङ्गलादेश भिड्ने भएका छन् । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारत...



प्रतिकृया लेख्नुहोस्: