Khabar Dabali २१ जेष्ठ २०८३ बिहीबार | 4th June, 2026 Thu
Investment bank

हुम्लाका चार विद्यालयमा पाँचभन्दा कम विद्यार्थी

खबरडबली संवाददाता

हुम्ला। हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रका चार वटा विद्यालयमा पाँचभन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीयले गाउँ छोड्ने क्रम बढ्नु, विद्यार्थीलाई सहरका विद्यालयमा पठाउनु तथा धार्मिक विद्यालयमा भर्ना गरिनुले ती विद्यालयमा विद्यार्थी सङ्ख्या घटेको हो ।

जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाका चार वटा विद्यालयमा पाँचभन्दा कम विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । विद्यालयहरूले वार्षिक रूपमा तयार गर्ने ई–सीएम प्रतिवेदनमा पनि सो तथ्य उल्लेख गरिएको छ ।

इकाइका अनुसार हाल पाँचभन्दा कम विद्यार्थी रहेका नाम्खा गाउँपालिकाका विद्यालयहरूमा वडा नं. १ को नमबुद्ध आविमा चार जना विद्यार्थी, वडा नं। ६ लिमीको भृकुटी आविमा पाँच जना, वडा नं.४ को हिमालय आविमा पाँच जना र वडा नं. ५ को खिरपानी आविमा पनि पाँच जना विद्यार्थी रहेका छन् ।

यी विद्यालयलाई नजिकका विद्यालयमा गाभ्ने (समायोजन गर्ने) सम्बन्धमा परिपत्र गर्ने तयारी कार्यालयले गरिरहेको छ ।

विद्यालय रहेका बस्तीका स्थानीयले गाउँ छोड्ने क्रम बढ्दै जानु, विद्यार्थीहरू सहर तथा सदरमुकामका विद्यालयमा भर्ना हुनु र लामा समुदायका विद्यार्थी धार्मिक विद्यालयमा जानुजस्ता कारणले विद्यार्थी सङ्ख्या घटेको नाम्खा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाका चार विद्यालयमा पाँचभन्दा कम विद्यार्थी

हुम्ला। हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रका चार वटा विद्यालयमा पाँचभन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीयले गाउँ छोड्ने क्रम बढ्नु, विद्...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसाय मह...

जातीय भेदभाव उन्मूलनमा संसद प्रतिबद्ध छ : सभामुख अर्याल

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छन्। जातीय...

रोल्पामा पिकअप दुर्घटना : तीन जनाको मृत्यु

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना...

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोख...

हङकङमा मिनिबस, डबलडेकर बस र ट्रक ठोक्किँदा २३ जना घाइते

हङकङ । हङकङको न्यू टेरिटोरिज क्षेत्रमा बिहीबार बिहान मिनिबस, डबलडेकर बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करि...

सांसद र मन्त्रीको सम्पत्ति छानबिन नहुने व्यवस्था भ्रष्टाचारलाई प्रोत्साहन : सापकोटा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्व इन्चार्ज रामप्रसाद सापकोटा 'दिपशिखा'ले सांसद र मन्त्रीको सम्पत्ति छा...

१०४ सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्ने तयारीमा बागमती सरकार

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभा सदस्यहरूका लागि ४ अर्बभन्दा बढी बजेट विनियोजन गर्ने तयारी गरेको छ। प्रदेश सरकार स्रोतका अनुसार १०४ जना प्रद...

जग्गा खाली नगर्ने संस्थालाई बल प्रयोग गरेर हटाइने त्रिविको चेतावनी

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेका संघसंस्था तथा संगठनलाई बल प्रयोग गरेर हटाउने चेतावनी दिएको छ। त्रिविको सामान्य ...

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

बाँके । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending