Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अन्य देशबाट तेल ल्याउन आज टेन्डर खोलिंदै

\"nepal-oil-nigam\"काठमाडौं । सरकारले भारतीय सरकारी निकाय इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई दिंदै अाएको पेट्रोलियम निर्यात एकाधिकार तोड्दै तेल आयतका लागि ग्लोबल टेन्डर खोल्ने भएको छ ।   आजको नागरिक दैनिकमा खबर छ–भारतको ‘असुरक्षा’का नाममा नाकाबन्दी लगाउँदा पेट्रोलिय अभाव चर्किएपछि सरकारले वैकल्पिक व्यवस्था गर्न एउटा देशमाथिको निर्भरता तोड्ने लागेको हो ।   त्यसका लािग नेपाल आयल निगमले बिहीबार सार्वजनिक सूचना जारी गरी तेल निर्यातकर्ताहरुलाई आह्वान गर्दैछ । त्यसका लागि निगमले आन्तरिक गृहकार्य पूरा गरिसकेको छ । बुधबारै सूचना जारी गर्ने गरी काम गरिए पनि नभ्याइएकाले बिहीबार सूचना निकाल्ने तयारी भएको हो ।   भारतले १४ दिनदेखि पेट्रोलियम पदार्थ आपुर्ति ठप्प पारेपछि विकल्प खोज्दै सूचना निकाल्ने भएको हो । ‘विश्वका कुनै पनि देशले हामीलाई तेल उपलब्ध गराउन सक्छ । त्यसको खोजीसहित सूचना निकाल्न लागेको हो ।’ स्रोतले भन्यो ।
भारतको अघोषित नाकाबन्दीले आजित जनताले दसैंमा राम्रोसँग घर जान पाउने गरी काम हुने स्रोतको भनाइ छ। \'सूचना निस्केपछि विश्वका तेल निर्यातकर्ताले आवेदन हाल्छन्,\' स्रोतले भन्यो, \'त्यसलाई जतिसक्दो चाँडो छानेर निर्यातका लागि स्वीकृति प्रदान गछर्ौं।\' वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका उच्च अधिकारीलाई निगममै बोलाएर तत्काल विकल्प अगाडि ल्याउन निर्देशन दिएको हो। सोहीअनुरुप निगमले सूचना निकाल्न लागेको स्रोतको दाबी छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई तत्काल पेट्रोलियम पदार्थको विकल्प सोच्ने जिम्मेवारी दिएको थियो। त्यहीअनुसार मन्त्री थापाले निगमलाई स्पष्ट खाका ल्याउन निर्देशन दिएको हो। मन्त्रालयस्रोतका अनुसार तत्काल भारतबाट तेल आउने छाँट नदेखिएपछि निगमले तेल आयात गर्न कम्पनी छनोटका लागि सूचना निकाल्ने तयारी थालेको हो। निगमका अनुसार दसैंतिहारमा काठमाडौंबाट बाहिरिने लामो दुरीका यातायातलाई तेल अभाव हुन नदिने बताएको छ। निगमले जहाजबाट तेल ल्याएर भए पनि लामो तथा छोटो दुरीका यातायातलाई तेल दिने बताएको हो। त्यसका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा जुटेको छ। \'दसैंतिहार नजिकिएकाले सार्वजनिक सेवा र सवारीलाई समस्या हुँदैन,\' स्रोतले भन्यो, \'निगमले जुनसुकै विकल्प अपनाएर भए पनि तेल उपलब्ध गराउँछ।\' इन्धनको हाहाकार रोक्न तत्काल हवाइजहाजबाट र दीर्घकालीन रुपमा वैकल्पिक आपूर्तिकर्ता खोज्न सूचना निकाल्ने तयारी गरिएको हो। आपूर्तिमा समस्या हुन थालेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १४ गते आयल निगमलाई वैकल्पिक मार्ग पहिचान गर्न निर्देशन दिएको थियो। \'अभाव तत्काल रोक्न वैकल्पिक उपायबाट आयात गरी लागत खर्च जोडेर मूल्य बिक्री गर्न निगमलाई निर्देशन दिइसकेका छौं,\' मन्त्रालयस्रोतले भन्यो। कामु आपूर्ति सचिव जीवराज कोइरालाले वैकल्पिक आपूर्तिबारे योजना ल्याउन निर्देशन दिइएको बताए। \'मन्त्रालयले नेपाल आयल निगमलाई तेल कसरी आपूर्ति गर्न सकिन्छ, त्यसको योजना बनाएर पेस गर्न निर्देशन दिइसकेको छ,\' उनले नागरिकसँग भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending