काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति प्राप्त भएपछि मात्र वैदेशिक रोजगारीका लागि विदेश यात्रा गर्न श्रमिकहरूलाई अनुरोध गरेको छ।
विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा श्रमिक भिसामा विदेश जान लागेका केही नेपाली नागरिकले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन मात्र दिएर स्वीकृति प्राप्त नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने गरेको उल्लेख गरेको छ।
विभागका अनुसार आवेदन मात्र दिएर श्रम स्वीकृति प्राप्त नगरी विमानस्थल पुग्दा श्रमिकहरू अनावश्यक रूपमा समस्यामा पर्ने गरेका छन्। कतिपय श्रमिकले आफ्नो श्रम स्वीकृति भइसकेको दाबी गरे पनि वास्तवमा उनीहरूले अन्य व्यक्तिमार्फत निवेदन मात्र दिएको र स्वीकृति जारी नभएको अवस्था भेटिने गरेको जनाइएको छ।
त्यसैले श्रमिक भिसामा विदेश यात्रा गर्ने सबै नेपाली नागरिकलाई श्रम स्वीकृति जारी भएको सुनिश्चित गरेर मात्र यात्रा गर्न विभागले आग्रह गरेको छ।
विभागले श्रम स्वीकृतिका लागि आवेदन परेको मात्र आधारमा श्रमिक भिसामा विदेश जान अनुमति दिन नमिल्ने स्पष्ट पार्दै स्वीकृति प्राप्त नभएसम्म अध्यागमनबाट प्रस्थान अनुमति नदिइने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - ११:५२
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। १३ ...
जेष्ठ १७ गते, २०८३ - ११:४३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल दोब्बर बनाएपछि नेपाली बजारमा सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा ब...
जेष्ठ १७ गते, २०८३ - ११:२०
काठमाडौं । अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकह...
जेष्ठ १७ गते, २०८३ - ११:१०
काठमाडौँ। कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ । ...
जेष्ठ १७ गते, २०८३ - ११:०१
काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति प्राप्त भएपछि मात्र वैदेशिक रोजगारीका लागि विदेश यात्रा गर्न श्रमिकहरूलाई अनुरोध गरेको छ। विभागले आइतबार ...
जेष्ठ १७ गते, २०८३ - १०:४३
पाल्पा। पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ। बालविवाह अन्त्य गर्दै ...
जेष्ठ १७ गते, २०८३ - १०:२६
महोत्तरी। महोत्तरीको गौशाला बजार बन्द गरी विभिन्न चोकहरूमा टायर बालेर आइतबार बिहानदेखि प्रदर्शन भइरहेको छ। गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११...
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...



प्रतिकृया लेख्नुहोस्: