Khabar Dabali १० जेष्ठ २०८३ आईतवार | 24th May, 2026 Sun
Investment bank

डेढ करोडमा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण

खबरडबली संवाददाता

लेखनाथ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ ।

२०६८ सालमा एक करोड ५३ लाखमा बनाइएको पक्की भवन महासङ्घले समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरे।

महासङ्घ गण्डकी अध्यक्ष रुद्र गौतमले आज भवनको साँचो हस्तान्तरण गर्दै मजदुरको श्रमदान र पोखरेलीको सहयोगमा बनेको भवन सदुपयोग गर्न आग्रह गरे।उनले भने, “यो १३ कोठे पक्की भवन ठूलो दु:खले बनाएका हौं, यहाँको ठूलो खाल्डो पाँच सय टिप्पर जति माटो हालेर पुरेर यो ठाउँ बनाएका हौं ।”

गौतमले हाल भाडामा कार्यालय सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नम्बर ९ को कार्यालय त्यहाँबाट सञ्चालन गर्नसमेत आग्रह गरे ।

महासङ्घले त्यहाँ बनाएको कच्ची संरचना शुक्रबार आफैँले डोजर लगाएको हटाएको थियो । पक्की भवन महानगरलाई हस्तान्तरणपछि महासङ्घ गण्डकी महासचिव गुणराज बास्तोलाले यही प्रकृतिका अरु भवन पनि महानगरको स्वामित्वमा जानुपर्नेमा जोड दिए ।

“हामीले यो कब्जा गरेका होइनौँ, तत्कालीन नगर विकास र सरोकारवालाको बैठकले हामीलाई उपयोग गर्न दिने निर्णय भएको थियो,” उनले भने।

पोखरा महानगरले सार्वजनिक र सरकारी जग्गामा बनेका संरचना खाली गर्न जारी गरेको सूचनाको म्याद शनिबार सकिँदै छ ।

नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका महानगर प्रमुख धनराज आचार्यले यसरी संरचना र जमिन हस्तान्तरण हुनु राम्रो कुरा भएको उल्लेख गरे। “यो राम्रो काम हो, हामी पोखराका हराउँदै गएका पार्टी, चौर, पोखरी खोज्दै छौँ, सार्वजनिक जग्गा संरक्षणमा लागेका छौं,” उनले भने।

पृथ्वीचोकमै रहेका सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, एमाले र नेपाली कांग्रेस निकट ट्रेड युनियनहरुले पनि भवन खाली गरिरहेका छन् । बाटोमै बनेका भवन भएकाले ती भवन भने भत्काएर बाटो फराकिलो बनाउने तयारी छ ।

 प्राविधिक अध्ययन र सरोकारवाला निकायसँग छलफल गरी हस्तान्तरित भवन सदुपयोग गरिने आचार्यको भनाइ छ ।महानगरले पोखरा बसपार्क र फिर्केखोलाको खोलाघरमा अतिक्रमण गरी संरचना बनाउनेलाई समेत ती संरचना हटाउन भनिसकेको छ ।

फिर्केखोलाको अतिक्रमण आइतबारबाट हटाउने तयारी छ । फिर्केका कतिपय व्यक्ति र संङ्घ, संस्थाले आफैं भवन खालीसमेत गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मदन भण्डारीका विचारको समयअनुकूल प्रयोग आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरूको समयअनुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएको छिन् । शनि...

गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ। प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ ...

‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण: कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको...

सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डातिमिल्सिना

नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएको छन् । राष्ट्रिय ...

कोभिड महामारपछि बन्द ताप्लेजुङको ओलाङचुङ्गोला व्यापार नाका सञ्चालनमा

ताप्लेजुङ। कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्य...

हेटौँडा कपडा उद्योग पुन: सञ्चालनको गृहकार्य भइरहेको छ: मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुन: सञ्चालनको लागि गृहकार्य भइरहेको बताएको ...

बारा जिल्ला बैठकबाटै लखेटिए रास्वपाका सांसद, केहिबेर तनाव

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। होहल्ला र विवादका बीच केही ...

डेढ करोडमा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण

लेखनाथ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास...

यार्सागुम्बा संकलनमा गएका युवाको भीरबाट लडेर मृत्यु

सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ पाङसिङ स्थायी घर भ...

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending