Khabar Dabali १० जेष्ठ २०८३ आईतवार | 24th May, 2026 Sun
Investment bank

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले वर्षा गराउने प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको जनाएको छ । यसका कारण आसपासका जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा पनि हल्का वर्षा भएको छ ।

पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार दक्षिणतर्फ धनुषा–महोत्तरीदेखि उत्तरतर्फ सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङ हुँदै सोलुखुम्बुसम्मको आकाश बाक्लो बादलले ढाकिएको छ । उनले उक्त क्षेत्रमा भारी वर्षा र चट्याङको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै जलवायुविज्ञ धर्मराज उप्रेतीले पनि पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै आगामी तीन दिनसम्म निरन्तर वर्षा हुन सक्ने बताएका छन् । उनका अनुसार यस अवधिमा बाढी, पहिरो र चट्याङबाट हुने जोखिम उच्च रहने भएकाले सावधानी अपनाउन आवश्यक छ ।

मौसमविद्हरूले नदी किनार, पहिरो जोखिमयुक्त क्षेत्र तथा कमजोर संरचनामा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ वर्षको प्रयास पानीमा बग्यो, तमोर पुल बाढीले नष्ट

ताप्लेजुङ । तमोर नदी मा आएको भीषण बाढीले निर्माणाधीन मोटरेवल पुल बगाएको छ । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल शुक्रबार रातिको अ...

पहिरोको संकेतमै गाउँ खाली, केही घण्टामै घर पुरियो

पाँचथर । आपत–विपदमा सुरक्षित ठानिने आफ्नै घर नै जोखिमको केन्द्र बनेपछि पाँचथर जिल्ला का याङवरक गाउँपालिकामा तीन परिवारले मध्यरातमै घर छाडे । केही घण्ट...

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा ...

हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु

काठमाडाैं । इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका के...

पूर्वी पहाडमा बाढी–पहिरोको चक्रव्यूह, न रोकथाम न तयारी

पूर्वतयारीमा सरकारी उदासीनता

अखिल नेपाल ट्रेड युनियन महासंघले फिर्ता गर्‍यो घरसहित चार रोपनी जग्गा

कास्की । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा आज फिर्ता गरेको छ । पोखरा उपत्यका नगर वि...

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा

काठमाडौं। नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो जेठ ८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।  कम्पनीले ४ हजार २ स...

सङ्खुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरिए

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले ...

मार्किचोक सबस्टेसनमा ३० एमभिएको नयाँ ट्रान्सफर्मर जडान हुँदै, तीन जिल्लाको विद्युत् प्रणाली थप बलियो बनाइँदै

तनहुँ । मार्किचोक सबस्टेसन मा नयाँ पावर ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको छ । पुरानो ट्रान्सफर्मरमा प्राविधिक खराबी आएपछि थप क्षमता र आधुनिक प्रविधि...

संघीयता खारेज गर्न संविधान संशोधन गरौँः चित्रबहादुर केसी

बुटवल । चित्रबहादुर केसी ले संविधानबाट संघीयता हटाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको संघीय संरचना देशले धान्नै नसक्ने दाबी गर्दै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending