बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुन: सञ्चालनको लागि गृहकार्य भइरहेको बताएको छिन्।
हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन्।
मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन र रोजगारीको वातावरण सृजना गर्न सरकारले रुग्ण उद्योग सञ्चालनमा ल्याउने नीति लिएको उल्लेख गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
बन्द उद्योगहरु सञ्चालनमा आए रोजगारीको अवसर सृजना हुने उल्लेख गर्दै मन्त्री यादवले कपडा उद्योग सञ्चालनका लागि आवश्यक तयारीमा सरकार जुटेको बताइन्।
मन्त्री यादवले हेटौँडा औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयसँगै रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको निरीक्षण गरे। सो अवसरमा हेटौँडा औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयका प्रमुख संगिता कँुवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराइन्।
अमेरिकी सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठान छन् ।
कूल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी ९पेय पदार्थ०, गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगको रुपमा सञ्चालनमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - १७:२४
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरूको समयअनुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएको छिन् । शनि...
जेष्ठ ९ गते, २०८३ - १६:४१
काठमाडौँ। प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ ...
जेष्ठ ९ गते, २०८३ - १६:३१
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको...
जेष्ठ ९ गते, २०८३ - १६:०९
नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएको छन् । राष्ट्रिय ...
जेष्ठ ९ गते, २०८३ - १५:१५
ताप्लेजुङ। कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्य...
जेष्ठ ९ गते, २०८३ - १५:०२
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुन: सञ्चालनको लागि गृहकार्य भइरहेको बताएको ...
जेष्ठ ९ गते, २०८३ - १४:४४
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। होहल्ला र विवादका बीच केही ...
जेष्ठ ९ गते, २०८३ - १४:३४
लेखनाथ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास...
जेष्ठ ९ गते, २०८३ - १४:२०
सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ पाङसिङ स्थायी घर भ...
जेष्ठ ९ गते, २०८३ - १४:०६
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गर...



प्रतिकृया लेख्नुहोस्: