Khabar Dabali १० जेष्ठ २०८३ आईतवार | 24th May, 2026 Sun
Investment bank

मनसुन सुरु नहुँदै पूर्वमा बाढीको बितण्डा : घर, पुल र सडक बग्न थाले

खबरडबली संवाददाता

पाँचथर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथर जिल्ला का विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । याङवरक र हिलिहाङ गाउँपालिकामा घर, झोलुङ्गे पुल तथा निर्माणाधीन पुल बग्दा जनजीवन अस्तव्यस्त बनेको छ भने पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक गाउँपालिका–१ लम्बा खोलामा माथिबाट आएको पहिरोले स्थानीय मोहनलाल खवासको दुईतले घर पूर्ण रूपमा बगाएको छ । सोही स्थानका ४४ वर्षीय कवीर खवासको घरसमेत पहिरोले बगाएको छ भने गाईगोठमा बाँधिएका तीन वटा गोरु पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

यस्तै, याङवरक–१ कोक्चेका ५२ वर्षीय गङ्गाप्रसाद बेघाको दुईतले घर पनि बाढीपहिरोले बगाएको छ । लगातारको वर्षासँगै आएको बाढीले याङवरक–१ लामिटार क्षेत्रमा रहेको करिब १०० मिटर लामो फलामे झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको छ । पुल क्षतिग्रस्त भएपछि स्थानीयको आवतजावत प्रभावित बनेको छ ।

उता तमोर कोरिडोर अन्तर्गत हिलिहाङ गाउँपालिका–२ लिम्बुनी पुल क्षेत्रमा निर्माणाधीन बेली ब्रिजमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । तमोर नदीमा निर्माण भइरहेको ७७ दशमलव ५ मिटर लामो पक्की पुलका पिलर र निर्माण सामग्री बाढीले बगाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत याङवरक गाउँपालिका–२ दोभानस्थित मेवा खोलामा निर्माणाधीन पक्की पुल पनि बाढीसँगै आएको ढुङ्गा, माटो र भेलले पूर्ण रूपमा बगाएको छ । करिब ४१ फिट लामो उक्त पुल बगेपछि मध्यपहाडी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ ।

निर्माणाधीन पुल नजिकै रहेको फलामे झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । लगातारको वर्षासँगै थप जोखिम बढेकाले स्थानीय त्रासमा छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ वर्षको प्रयास पानीमा बग्यो, तमोर पुल बाढीले नष्ट

ताप्लेजुङ । तमोर नदी मा आएको भीषण बाढीले निर्माणाधीन मोटरेवल पुल बगाएको छ । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल शुक्रबार रातिको अ...

पहिरोको संकेतमै गाउँ खाली, केही घण्टामै घर पुरियो

पाँचथर । आपत–विपदमा सुरक्षित ठानिने आफ्नै घर नै जोखिमको केन्द्र बनेपछि पाँचथर जिल्ला का याङवरक गाउँपालिकामा तीन परिवारले मध्यरातमै घर छाडे । केही घण्ट...

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा ...

हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु

काठमाडाैं । इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका के...

पूर्वी पहाडमा बाढी–पहिरोको चक्रव्यूह, न रोकथाम न तयारी

पूर्वतयारीमा सरकारी उदासीनता

अखिल नेपाल ट्रेड युनियन महासंघले फिर्ता गर्‍यो घरसहित चार रोपनी जग्गा

कास्की । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा आज फिर्ता गरेको छ । पोखरा उपत्यका नगर वि...

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा

काठमाडौं। नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो जेठ ८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।  कम्पनीले ४ हजार २ स...

सङ्खुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरिए

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले ...

मार्किचोक सबस्टेसनमा ३० एमभिएको नयाँ ट्रान्सफर्मर जडान हुँदै, तीन जिल्लाको विद्युत् प्रणाली थप बलियो बनाइँदै

तनहुँ । मार्किचोक सबस्टेसन मा नयाँ पावर ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको छ । पुरानो ट्रान्सफर्मरमा प्राविधिक खराबी आएपछि थप क्षमता र आधुनिक प्रविधि...

संघीयता खारेज गर्न संविधान संशोधन गरौँः चित्रबहादुर केसी

बुटवल । चित्रबहादुर केसी ले संविधानबाट संघीयता हटाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको संघीय संरचना देशले धान्नै नसक्ने दाबी गर्दै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending