Khabar Dabali १० जेष्ठ २०८३ आईतवार | 24th May, 2026 Sun
Investment bank

सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डातिमिल्सिना

खबरडबली संवाददाता

नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएको छन् ।

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई आज लिखु–६ छहरेमा सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले देश र जनतालाई हितमा राखेर सरकारले गरेका कार्यबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा हुँदै आएको बताए।

सञ्चारमन्त्री डा तिमिल्सिनाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

सरकार गठन भएको छोटो अवधिमै भएका कामकारबाहीबाट सामान्य नागरिकले समेत राहत पाउने गरेर सुधार गरिएको उनको भनाइ छ ।

“देशको विकास र परिवर्तनका लागि अहिलेका जनता निकै सचेत रहेका छन् । जनताको चाहना र भावनाअनुसार सकारात्मक परिवर्तन गर्न सरकारले काम गरिरहेको छ । सरकारका लागि देश र जनताभन्दा कुनै अर्को ठूलो प्राथमिकता छैन,” मन्त्री तिमिल्सिनाले भने। देशमा विगतदेखिका विभिन्न समस्या र युवा वर्गको नैराश्यता अन्त्य गर्दै जनताको मुहारमा खुसी ल्याउन दिनरात नभनी सरकारले काम गरिरहेकाले परिवर्तन हुनेछ भन्नेमा आशावादी हुन उन आग्रह गरे।

सञ्चार मन्त्रालयअन्तर्गतका नेपाल टेलिकम, हुलाकलगायत नवीनतम काम गर्दै जनतालाई राहत दिन आफूले योजनाबद्ध रूपमा काम गर्दै आएको उनले जानकारी दिए। अगामी पाँच वर्षमा रचनात्मक काम गरेर जनतालाई परिवर्तनको महसुस गराई जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने उनले विश्वास दिलाए।

सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले आगामी आर्थिक वर्षका लागि तयार भइरहेको बजेटमा नवीन योजना र जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमसहितको समावेश गर्न लागिएको बताए।

विगतका वर्षका बजेटमा राजनीति र शक्तिको पहुँच हाबी हुने गरेकाले आगामी वर्षको बजेटमा सामाजिक न्याय, जनताको माग र सरकारको लक्ष्यअनुरूप देश विकासको मुहार झल्कने ‘नयाँ भिजन’को हुने उनले उल्लेख गरे। योजनाका लागि राजनीतिक दल, नेता, सांसद र मन्त्रीको ढोका चहानुपर्ने बाध्यता अन्त्य गर्दै पछि परेका वर्ग, समुदाय र भूगोलको प्रतिनिधित्वसहितको बजेट सरकारले तयार गरिरहेको उनले जानकारी दिए।

सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर राजनीतिक गर्न पार्टीपङ्क्तिलाई सुझाव दिए। नयाँ नेतृत्व चयनका लागि सौहार्द्रपूर्ण वातावरणमा निर्णय गर्न सुझाव दिँदै उनले अहिलेको राजनीतिक नयाँ मोडमा रहेकाले सोहीअनुसार अघि बढ्न सचेत गराए।

“देशमा लामो समयदेखि राजनीतिलाई कमाउने भाँडो, आफ्ना मान्छेलाई जागिरमा लगाउने माध्यम र पहुँचमा भएका व्यक्तिको चाहनाअनुसार प्रयोगमा ल्याइयो,” उनले भने, “रास्वपाको राजनीति जनताको सेवा गर्ने माध्यम हो । जिम्मेवारीमा पुग्ने एउटा साधन हो, साध्यका रुपमा लिनु हुँदैन ।”

देश र जनतालाई निश्चित ठाउँमा पुर्‍याउने औजारका रूपमा राजनीतिलाई रास्वपाले लिएको उल्लेख गर्दै उनले पार्टीमा जोडिने र जिम्मेवारीमा रहने व्यक्तिले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने स्मरण गराए।

मन्त्री तिमिल्सिनाले पदलाई प्राप्तिका रूपमा नलिई राजनीतिक जिम्मेवारीका रुपमा लिएर सङ्गठनलाई अघि बढाउन, विगतका बिग्रँदो राजनीतिलाई सुधार गर्न र आगामी स्थानीय तहको चुनावको तयारीमा  ध्यान दिन अनुरोध गरे।

पार्टीका विभिन्न तहमा अहिले भइरहेका निर्वाचनमा पदको प्राप्तिभन्दा देश निर्माणमा आफ्नो जिम्मेवारीका रूपमा लिएर सौहार्द्रपूर्ण वातावरणमा नयाँ नेतृत्व चयन गर्न उहाँले सुझाव दिए

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मदन भण्डारीका विचारको समयअनुकूल प्रयोग आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरूको समयअनुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएको छिन् । शनि...

गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ। प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ ...

‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण: कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको...

सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डातिमिल्सिना

नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएको छन् । राष्ट्रिय ...

कोभिड महामारपछि बन्द ताप्लेजुङको ओलाङचुङ्गोला व्यापार नाका सञ्चालनमा

ताप्लेजुङ। कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्य...

हेटौँडा कपडा उद्योग पुन: सञ्चालनको गृहकार्य भइरहेको छ: मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुन: सञ्चालनको लागि गृहकार्य भइरहेको बताएको ...

बारा जिल्ला बैठकबाटै लखेटिए रास्वपाका सांसद, केहिबेर तनाव

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। होहल्ला र विवादका बीच केही ...

डेढ करोडमा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण

लेखनाथ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास...

यार्सागुम्बा संकलनमा गएका युवाको भीरबाट लडेर मृत्यु

सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ पाङसिङ स्थायी घर भ...

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending