Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

सत्ता जोगाउन मधेशमा मन्त्री सफाइ ! आजै जसपा–जनमतका मन्त्री बर्खास्त गर्ने तयारी

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशको सत्ता समीकरण फेरिएसँगै सरकारभित्र ठूलो राजनीतिक भूकम्प आउने संकेत देखिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले आजै जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीसँग सम्बन्धित मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस र केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबीच नयाँ सहकार्य बनेपछि मधेश सरकारको पुरानो समीकरण भत्किएको हो । अब सरकारमा एमाले भित्र्याउने अन्तिम तयारी भइरहेको छ । एमालेबाट मोहम्मद समीर लाई विना विभागीय मन्त्रीका रूपमा शपथ गराउने तयारीसमेत भएको बताइएको छ ।

विश्वस्त स्रोतका अनुसार जसपा नेपालबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता, श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमन र शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा लाई आजै पदमुक्त गर्ने तयारी गरिएको छ ।

यता जनमत पार्टीबाट विद्रोह गरेर सरकारमा सहभागी भएका अर्थमन्त्री महेश प्रसाद यादव र युवा तथा खेलकुद मन्त्री वसन्त कुश्वाहा पनि सरकारबाट बाहिरिने लगभग निश्चित भएको बताइन्छ ।

स्रोतका अनुसार नयाँ मन्त्रीहरूको नामसहित मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको छ ।

मधेश प्रदेशमा फेरिएको सत्ता समीकरणले अब राजनीतिक ध्रुवीकरण अझ तीव्र हुने संकेत देखिएको छ । सत्ता टिकाउन गरिएको यो नयाँ गठबन्धनले प्रदेश राजनीतिमा थप अस्थिरता ल्याउने कि नयाँ समीकरण बलियो बन्ने भन्ने चासो बढेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिममा फेरिँदै सत्ता खेल : मुख्यमन्त्री अब नेकपाको भागमा ?

धनगढी । संघीय सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी को उदयपछि प्रदेश राजनीतिमा पनि नयाँ शक्ति समीकरण बन्न थालेको छ । सुदूरपश्चिममा अहिले नेपाली कांग्रेस,...

भाइरलको दौडमा हराउँदै गइरहेको पत्रकारिता गम्भीर बन्दै छ: राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल ले अहिलेको ‘भाइरल संस्कृति’ ले पत्रकारिता र सामग्रीको गम्भीरता कमजोर बनाउँदै लगेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपा...

सत्ता जोगाउन मधेशमा मन्त्री सफाइ ! आजै जसपा–जनमतका मन्त्री बर्खास्त गर्ने तयारी

जनकपुरधाम । मधेश प्रदेशको सत्ता समीकरण फेरिएसँगै सरकारभित्र ठूलो राजनीतिक भूकम्प आउने संकेत देखिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारल...

प्रधानमन्त्री खोज्दै संसद् : जनताका मुद्दा ओझेलमा

काठमाडौं । देशको संघीय संसद् अहिले जनताको आवाज उठाउने थलोभन्दा ‘हराएका प्रधानमन्त्री’ खोज्ने केन्द्रजस्तो बनेको छ । संसद् बैठक सुरु हुन्छ, विपक्षी उठ्...

जथाभाभी ‘डाक्टर’ लेख्नेलाई तीन वर्षसम्म कैद

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकाबाहेक अरू कसैले नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेखे जेल जानुपर्ने भएको छ । काउन्सिलले शून्य सहनशीलता ...

ठमेलमा अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ

काठमाडौं । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् ।  प्...

सिंहदरबारकै शौचालय बेहाल : देश चलाउने ठाउँमा पानीसम्म छैन !

काठमाडौं । देश चलाउने थलो सिंहदरबार भित्रकै सार्वजनिक शौचालयको हालत यस्तो छ कि सर्वसाधारण त परै जाओस्, कर्मचारीसमेत नाक थुनेर पस्न बाध्य छन् । बाहि...

उठिबासपछि सरकारको उत्तर : “१५ हजार लेऊ, जहाँ जान्छौ जाऊ”

काठमाडौं । राज्यले फेरि प्रमाणित गरेको छ  । गरिबको घर भत्काउन डोजर छिटो पुग्छ, तर व्यवस्थापन गर्न सरकार कहिल्यै पुग्दैन ।  बल्खु, शंखमूल, थापाथलीलग...

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन खुल्यो

काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद  पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्राल...

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त माग

काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि सरकारले दरखास्त आह्वान गरिएकाे छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धात्मक माध्यमबाट ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending