काठमाडौं । राज्यले फेरि प्रमाणित गरेको छ । गरिबको घर भत्काउन डोजर छिटो पुग्छ, तर व्यवस्थापन गर्न सरकार कहिल्यै पुग्दैन ।
बल्खु, शंखमूल, थापाथलीलगायत नदी किनारका सुकुमवासी बस्तीमाथि डोजर चलाएर सरकारले सयौँ परिवारलाई उठिबास लगायो । त्यसपछि “व्यवस्थापन गर्छौँ” भनेर होल्डिङ सेन्टरमा थुनेझैँ राखियो । अहिले भने सरकारको नयाँ समाधान आएको छ । “ल, १५–२५ हजार लेऊ, अब आफैँ बस्ने ठाउँ खोज ।”
२० वर्षदेखि बल्खु किनारमा बस्दै आएका राजकुमार माझी अहिले सरकारसँग होइन, आफ्नै देशसँग रिसाएका छन् । उनी भन्छन्, “घर भत्काउँदा पनि अपमान, अहिले आफैँ व्यवस्थापन गर भनेर छाड्दा पनि अपमान । आफ्नै देशमा अनागरिक बनाइयो ।”
सरकारले सुरुमा १५ दिनभित्र व्यवस्थापन गर्ने वाचा गरेको थियो । तर महिना बित्न लाग्दा न घर छ, न जमिन, न कुनै दीर्घकालीन योजना । बरु मन्त्रिपरिषद्ले अब प्रतिपरिवार १५ हजार रुपैयाँ र थप सदस्य भए दुई–दुई हजार दिएर “बसोबास व्यवस्थापन” गर्न भनिरहेको छ ।
काठमाडौंमा अहिले एउटा कोठा लिन नै अग्रिम, डिपोजिट र भाडा गरेर हजारौँ खर्च हुन्छ ।
त्यसमाथि “सुकुमवासी” भन्ने ट्याग लागेपछि घरधनीले कोठा दिन डराउँछन्, काम दिनेहरू पछि हट्छन् । तर सरकारलाई लाग्छ १५ हजार थमाइदिएपछि समस्या समाधान हुन्छ !
शंखमूलबाट विस्थापित बालकृष्ण हुमागाईं अहिले भक्तपुरको खरिपाटी होल्डिङ सेन्टरमा छन् । बिरामी खुट्टा, श्रीमतीको आँखाको समस्या र छोरीको पढाइ सबै अन्योलमा छ ।उनी भन्छन्,“१५ दिनमै व्यवस्थापन गर्छौँ भनेका थिए । अहिले पैसा थमाएर पन्छिन खोज्दैछन् । कसरी पत्याउने ?”
होल्डिङ सेन्टरको अवस्था पनि दयनीय छ । औषधि अभाव, उपचारमा ढिलाइ, बाहिर निस्कन रोक, आन्दोलन गर्न खोजे निगरानी, सुकुमवासीहरू भन्छन्, “यो संरक्षण होइन, नियन्त्रण हो ।”
उता गीता लामा जस्ता महिलाले कामसमेत गुमाइसकेका छन् । पहिले थापाथलीमा ज्याला मजदुरी गरेर परिवार चल्थ्यो । अहिले न काम छ, न बस्ने टुंगो । “सुकुमवासी भनेपछि कोठा पनि नदिने, काम पनि नदिने अवस्था भयो,” उनी भन्छिन् ।
संयुक्त सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङ सरकारको कदमलाई “अमानवीय” भन्छन् । उनको प्रश्न सीधा छ “तयारी थिएन भने १५ दिनमै व्यवस्थापन गर्छु भनेर किन बस्ती भत्काइयो ?”
साँच्चै, राज्यले खोला किनार सफा गर्यो होला । तर त्यससँगै सयौँ परिवारको भविष्य पनि बगाइदिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: