Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

गण्डकीमा एमाले संसदीय दलको नयाँ पदाधिकारी चयन

खबरडबली संवाददाता

लेखनाथ। नेकपा (एमाले)ले गण्डकी प्रदेशसभा संसदीय दलमा नयाँ पदाधिकारी मनोनयन गरेको छ ।एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार दलका उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गरेको हो ।

प्रदेशसभाको कार्यकाल एक वर्ष हाराहारी बाँकी हुँदा एमालेले नयाँ पदाधिकारी चुनेको हो । गण्डकी प्रदेशसभामा दलको उपनेताको जिम्मेवारी प्रदेशसभा सदस्य लीलबहादुर थापाले पाएको छन्।

बागलुङका थापा समानुपातिकबाट प्रदेशसभा सदस्य चुनिएको हो। पूर्व माओवादी थापा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र अलग हुँदा एमालेमै बसेको थिए।

एमालेले प्रमुख सचेतकमा देवका पहारी र सचेतकमा भक्तबहादुर कुँवरलाई जिम्मेवारी दिएको छ । यसअघिका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार मन्त्री बनेपछि सचेतक रहेकी पहारीलाई प्रमुख सचेतक बनाइएको हो । कास्कीकी पहारी समानुपातिकबाट चुनिएको हो ।

सचेतकको जिम्मेवारी भने देशसभा सदस्य भक्तबहादुर कुँवरले पाएको छन् ।तीनै जनाले बिहीबारबाटै जिम्मेवारी सम्हालेको छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२ प्रदेशसभा सदस्य छन् । गण्डकीमा अहिले एमाले र नेपाली कांग्रेसले दुई तिहाईभन्दा बढी समर्थनको गठबन्धन सरकार चलाइरहेका छन् । यहाँ कांग्रेसका २७ प्रदेशसभा सदस्य छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठक सञ्चालन गर्दै प्रधानमन्त्री, गृहमन्त्री तथ...

आइतबारको बिदाले विद्यार्थीलाई थप बोझ दिने निश्चित छ: सांसद शर्मा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले लागू गरेको आइतबार बिदासम्बन्धी व्यवस्थाले विद्यालयको पाठ्य घण्टा र कार्य घण्टाबीच त...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्...

हुम्ला–बाजुरा सीमा विवाद तत्काल समाधान गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिह...

बाजुराको धुलाचौरमा यातायात सेवा बन्द हुँदा पैदल यात्रु अलपत्र

हुम्ला । कर्णाली करिडोर अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनका लागि बन्द गरिएको छ । बाजुरा र ह...

गण्डकीमा एमाले संसदीय दलको नयाँ पदाधिकारी चयन

लेखनाथ। नेकपा (एमाले)ले गण्डकी प्रदेशसभा संसदीय दलमा नयाँ पदाधिकारी मनोनयन गरेको छ ।एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार दलका उपनेता, प्रमुख...

आकस्मिक समयको व्यवस्थापन गर्छु: सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जा...

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेको छ । बिहीबार प्रतिनिधिस...

केराको उच्च मूल्यले सुनसरीका किसान उत्साहित

इनरुवा। सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै...

सभामुखको भूमिकामाथि कांग्रेस सांसद निस्कल राईको प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसको सांसद निस्कल राईले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending