Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

खबरडबली संवाददाता

लेखनाथ। कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँडा बस्ने २८ का रिवाज गुरुङलाई बिहीबार बिहान सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो ।

गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बुधबार सम्पर्कविहीन भएको र पछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षण गणेश पाण्डेले बताए। “राति १ बजेतिर नुहाउन जान्छु भनी तालमा गएको र बेपत्ता भएको थाहा पाएपछि राति नै उद्धार थालिएको थियो,” पाण्डेले भने, “अचेत अवस्थामा उद्धार गरिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।”

सशस्त्र प्रहरी बल नेपाल नं। २४ गण कालिकाबाट खटिएको विशेषज्ञ गोताखोर र उद्धार टोलीले अचेत अवस्थामा बिहीबार बिहान पौने ४ बजे युवाको उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुखको भूमिकामाथि कांग्रेस सांसद निस्कल राईको प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसको सांसद निस्कल राईले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ...

प्रश्नको जवाफ नदिए प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर...

प्रतिनिधिसभामा हर्क साम्पाङले आज पनि देखाए प्लेकार्ड, सभामुखले बोल्न दिए समय

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका ...

सर्वोच्चका पूर्व न्यायाधीश प्रधानको निधन, आज इजलास बन्द

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो। उनको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच...

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

लेखनाथ। कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडा...

ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते

सर्लाही । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था...

तनहुँका स्थानीय तहमा २७ करोड २६ लाख बेरुजु, आँबुखैरेनी अगाडि

तनहुँ। तनहुँका स्थानीय तहमा २७ करोड २६ लाख रुपियाँभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहमा आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयनमा ...

आइसिसी बलिङ वरीयतामा सन्दीपको ६ स्थान सुधार

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा ६ स्थान सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आ...

सरकार र अधिकारकर्मी रूबी खानबिच ५ बुँदे सहमतिपछि २३ औँ दिनमा तोडियो अनशन

काठमाडौँ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रह...

लिचिबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्चले माग्यो ५० लाख धरौटी

काठमाडौँ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending