काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्कल राई ले प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको बताए ।
उनले सरकार सदनप्रति जवाफदेही नभएसम्म प्रतिपक्षको विरोध जारी रहने चेतावनी दिए । “हिजो निलो स्कार्फ बाँधेर विरोध गरियो, आज प्लेकार्ड प्रदर्शन गरिएको छ । सरकार र प्रधानमन्त्री जिम्मेवार नभएसम्म यस्ता गतिविधि रोकिन्नन्,” उनले भने ।
राईले पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजे पनि सभामुखबाट अपेक्षित साथ नपाएको गुनासो गरे । उनले सरकार र प्रधानमन्त्रीलाई सदनप्रति “एलर्जी” भएको जस्तो व्यवहार देखिएको टिप्पणी समेत गरे ।
त्यस्तै, “परम्परा भत्काउँदैछु” भन्ने नाममा सरकारले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा हस्तक्षेप गरिरहेको आरोप पनि उनले लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८३ - १३:४२
हुम्ला । कर्णाली करिडोर अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनका लागि बन्द गरिएको छ । बाजुरा र ह...
जेष्ठ ७ गते, २०८३ - १३:२१
लेखनाथ। नेकपा (एमाले)ले गण्डकी प्रदेशसभा संसदीय दलमा नयाँ पदाधिकारी मनोनयन गरेको छ ।एमाले संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार दलका उपनेता, प्रमुख...
जेष्ठ ७ गते, २०८३ - १३:०२
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जा...
जेष्ठ ७ गते, २०८३ - १२:४९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेको छ । बिहीबार प्रतिनिधिस...
जेष्ठ ७ गते, २०८३ - १२:३७
इनरुवा। सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै...
जेष्ठ ७ गते, २०८३ - ११:५४
काठमाडौँ । नेपाली कांग्रेसको सांसद निस्कल राईले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ...
जेष्ठ ७ गते, २०८३ - ११:४८
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर...
जेष्ठ ७ गते, २०८३ - ११:३८
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका ...
जेष्ठ ७ गते, २०८३ - ११:०४
काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो। उनको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच...
जेष्ठ ७ गते, २०८३ - १०:४२
लेखनाथ। कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडा...



प्रतिकृया लेख्नुहोस्: