सुर्खेत । वीरेन्द्रनगरमा नगर प्रहरीले काफल बेच्दै हिँडेकी महिलामाथि गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि नगरपालिकाले पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ।
मंगलबार साँझ सार्वजनिक भएको भिडियोमा डोकोमा काफल बोकेर बेच्दै हिँडिरहेकी महिलाको डोको नगर प्रहरीले खोसेर सडकमा पोखिदिएको देखिन्छ। त्यसपछि ती महिला सडकमै छरिएको काफल उठाउँदै गरेको दृश्यले सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
दुर्व्यवहारमा परेकी महिला कालिकोट घर भई हाल वीरेन्द्रनगर–३ मा बस्दै आएकी धमिला चौलागाईं रहेको खुलेको छ।
घटनापछि वीरेन्द्रनगर नगरपालिकाले चौलागाईंलाई नगरप्रमुख मोहनमाया ढकालको कार्यकक्षमा बोलाएर १० हजार रुपैयाँ राहत तथा क्षतिपूर्ति प्रदान गरेको हो।
नगरप्रमुख ढकालले आफूले पनि घटना भिडियोमार्फत थाहा पाएको बताउँदै संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने जानकारी दिइन्। उनले फुटपाथ व्यवस्थापनका लागि नगरपालिकाले निश्चित र सुरक्षित स्थान छुट्याएको दाबीसमेत गरिन्।
“फुटपाथ व्यवसायीका लागि सुरक्षित ठाउँ व्यवस्थापन गरेका छौँ,” मेयर ढकालले भनिन्, “आगामी दिनमा समस्या परे नगरपालिकाले सहयोग गर्छ।”
नगरपालिकाका अनुसार क्षतिपूर्ति पाएपछि धमिला चौलागाईं खुसी हुँदै फर्किएकी थिइन्। तर सामाजिक सञ्जालमा भने गरिब महिलामाथि गरिएको व्यवहारप्रति अझै आक्रोश जारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८३ - २०:११
काठमाडौं । नेपाली कांग्रेस ले अब चुनावलाई केवल भाषण र झन्डामात्रै होइन, “डाटा र रणनीति” बाट जित्ने तयारी थालेको दाबी गरेको छ । त्यसका लागि पार्टीको नि...
जेष्ठ ६ गते, २०८३ - २०:०४
काठमाडौं । घुस प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्ता लाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्व...
जेष्ठ ६ गते, २०८३ - २०:०३
काठमाडौं । प्रतिनिधिसभा अहिले कानून निर्माणभन्दा बढी “पर्चा प्रदर्शन प्रतियोगिता” जस्तो देखिन थालेको छ । त्यसको केन्द्रमा छन् हर्क साम्पाङ । केही द...
जेष्ठ ६ गते, २०८३ - १९:४८
सुर्खेत । वीरेन्द्रनगरमा नगर प्रहरीले काफल बेच्दै हिँडेकी महिलामाथि गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि नगरपालिकाले पीडितलाई १० ह...
जेष्ठ ६ गते, २०८३ - १९:३८
काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर...
जेष्ठ ६ गते, २०८३ - १९:३६
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित धार्मिकस्थल कागबेनी, कालिगण्डकी करिडोर र पृष्ठभूमिमा आसपासका पहाड । तस्बिरः सुन्दरकुमार थकाली/रासस ...
जेष्ठ ६ गते, २०८३ - ०९:२७
ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरमा सञ्चालन भइरहेको नक्कली ब्रान्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने...
जेष्ठ ६ गते, २०८३ - ०९:२४
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विव...
जेष्ठ ६ गते, २०८३ - ०९:२०
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले २२ वर्षपछि ऐतिहासिक उपाधि जितेको छ। लगातार तीन सिजन उपविजेतामा सीमित बनेको आर्सनलले अन्ततः लामो प्रतीक्षाको...
जेष्ठ ६ गते, २०८३ - ०९:१४
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्किएको चार दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। यो भ्रमणलाई विश्व ...



प्रतिकृया लेख्नुहोस्: