काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
सङ्घीय संसद् भवनबाहिर बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक मूल्य र मान्यतामाथि आघात पुर्याएको टिप्पणी गरे। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तथा पदासीन व्यक्तिहरूका गतिविधिले अधिनायकवादी प्रवृत्ति बढ्दै गएको सङ्केत गरेको उनको भनाइ थियो।
सांसद बरालले सुकुमबासी व्यवस्थापनसम्बन्धी सरकारको पछिल्लो निर्णयप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरे। होल्डिङ सेन्टरमा रहेका सुकुमबासीलाई स्थायी आवासको व्यवस्था गर्नुको सट्टा त्यहाँबाट हटाउने निर्णय अव्यवहारिक भएको उनले बताए।
उनले भने, “विश्वका धेरै देशमा यस्तै गतिविधिमार्फत लोकतन्त्रमाथि अधिनायकवाद हाबी गराउने प्रयास भएका छन्। वर्तमान सरकारको शैली पनि त्यस्तै देखिन्छ। सरकारले प्रति सदस्य बिहान–बेलुकाको खाना र दिउँसोको खाजाका लागि १०० रुपैयाँ दिने निर्णय गरेर सुकुमबासीको पेटमा लात हान्ने काम गरेको छ। आजको महँगीमा १०० रुपैयाँले दिनभरि खाना र खाजा सम्भव छ भने सरकारले देखाइदेओस्।”
सरकारले सुकुमबासीलाई अस्थायी बसोबासका लागि एकमुष्ट २५ हजार रुपैयाँ तथा जेठदेखि साउनसम्म तीन महिनाका लागि प्रति परिवार १५ हजार रुपैयाँ गुजारा भत्ता दिने निर्णयप्रति पनि उनले आपत्ति जनाए।
भदौदेखि वर्षायाम सुरु हुने अवस्थामा सुकुमबासी कहाँ जाने भन्ने प्रश्न उठाउँदै उनले सरकारको कदमलाई “अमानवीय र बेशर्मीपूर्ण” भएको बताए।
होल्डिङ सेन्टरमा रहेका सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकको अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले सरकारको निर्णयले उनीहरूको शिक्षा र रोजगारीको अधिकारसमेत प्रभावित हुने दाबी गरे।
आवास नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै सांसद बरालले सरकारले त्यस अधिकारमाथि गम्भीर प्रश्न उठाएको आरोप लगाए। उनले यस्तो निर्णयविरुद्ध सुकुमबासीहरू एकजुट हुनुपर्नेमा जोड दिए।
एमालेले सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै सुकुमबासीको उचित र दीर्घकालीन व्यवस्थापन गर्न माग गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८३ - १६:५९
काठमाडौँ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रह...
जेष्ठ ६ गते, २०८३ - १६:४९
काठमाडौँ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दि...
जेष्ठ ६ गते, २०८३ - १६:३१
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। सङ्घीय संसद् ...
जेष्ठ ६ गते, २०८३ - १५:५९
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटी ले प्रधानमन्त्री बालेन शाह ले संसद् बैठकलाई कहिले सम्बोधन...
जेष्ठ ६ गते, २०८३ - १५:५१
सुनसरी। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएको छन् । सुनस...
जेष्ठ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । उमेरले ४१ वर्ष पुग्नुभएका रोनाल्डोलाई विश्वक...
जेष्ठ ६ गते, २०८३ - १५:२४
काठमाडौं । अघिल्लो कारोबार दिन ६ अंकले घटेको सेयर बजार बुधबार भने उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३०.०८ अंक अर्था...
जेष्ठ ६ गते, २०८३ - १५:१२
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन ...
जेष्ठ ६ गते, २०८३ - १४:५४
काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र रहेको प्रतिनिधि सभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी जेठ १५ गतेको बजेट भाषण य...
जेष्ठ ६ गते, २०८३ - १४:०७
काठमाडौँ। मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ । क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको...



प्रतिकृया लेख्नुहोस्: