Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

एसईई नतिजापछि कैलालीमा दुई छात्राले गरे देहत्याग

खबरडबली संवाददाता

धनगढी । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको केही घण्टामै कैलालीमा दुई छात्राले देहत्याग गरेका छन् । घटनाले परिवार मात्र होइन, समाजलाई नै स्तब्ध बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिकाका दुई नाबालिग छात्रा शनिबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानमा उनीहरूले एसईईको नतिजाप्रति असन्तुष्टि जनाउँदै यस्तो कदम चालेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ । “एसईईको नतिजा राम्रो नआएको कारण मानसिक तनावमा परेका कारण यस्तो घटना भएको प्रारम्भिक रूपमा बुझिएको छ,” उनले भने ।

दुवै छात्रा नाबालिग भएकाले उनीहरूको नाम, विद्यालय तथा अन्य व्यक्तिगत विवरण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

एसईई नतिजापछि विद्यार्थीमा मानसिक दबाब बढ्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ । अपेक्षाअनुसार नतिजा नआँदा कतिपय विद्यार्थी निराशा, डर र तनावमा जाने गरेका छन् । मनोविद्हरूले परीक्षा जीवनको अन्तिम गन्तव्य नभएको भन्दै अभिभावक र विद्यालयलाई विद्यार्थीमाथि अनावश्यक दबाब नदिन आग्रह गर्दै आएका छन् ।

यस घटनाले फेरि एकपटक परीक्षा प्रणाली, सामाजिक दबाब र अभिभावकीय अपेक्षाबीच विद्यार्थीको मानसिक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अलपत्र पाँच पुलको विकल्प खोजिँदै, भेरी कोरिडोरमा थप १४ पुल बनाउन सरकारको स्वीकृति

जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...

विदेश सचिवको नेपाल भ्रमण किन रोकियो ? भारतले यसो भन्यो

काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिश्री को नेपाल भ्रमण स्थगित भएको विषयमा औपचारिक प्रतिक्रिया दिएको छ । मंगलबार आयोजित साप्ताह...

युद्धको मोर्चामा भोक र कुपोषणः युक्रेनी सैनिकका तस्वीर सार्वजनिक, रुसी सैनिक पनि समस्यामा

काठमाडौं । युक्रेन–रुस युद्ध लम्बिँदै जाँदा दुवै देशका सैनिकहरू खाद्यान्न अभाव र कुपोषणको समस्यासँग जुधिरहेका छन्। युद्धको अग्रपंक्तिमा रहेका युक्रेनी...

एसईई नतिजापछि कैलालीमा दुई छात्राले गरे देहत्याग

धनगढी । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको केही घण्टामै कैलालीमा दुई छात्राले देहत्याग गरेका छन् । घटनाले परिवार मात्र होइन, समाजल...

जहाज कुरेर थाकेका बिरामी, जोखिमपूर्ण सडकमा मृत्युको यात्रा

‘प्लेन आएको भए छोरा बच्थ्यो’

श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई जना पक्राउ

काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्‍याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरक...

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्...

निर्यातले धानेको चीनको कार बजार

काठमाडाैँ । चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन्। यही रणनीतिक विस्तार...

९ महिनामै १६ खर्बभन्दा बढी रेमिट्यान्स, विदेशिएका नेपालीले धाने अर्थतन्त्र

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण ...

केहीबेरमै सार्वजनिक हुँदै एसईई नतिजा, बोर्डले गर्‍यो अन्तिम तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा केहीबेरमै सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending