काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध ४० हजार रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने तथा फिल्डमा माटो र ग्राभेल झार्न नदिई विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले अधिकारीलाई ४० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।
सरकारी साक्षीविरुद्ध मुद्दा
अख्तियारले सरकारी साक्षी सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेत भएको घुस मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेको भन्दै भ्रष्टाचार निवारण ऐनको दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई पुडासैनीलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो।
तर, पुडासैनीले विशेष अदालतमा बकपत्र गर्दा आयोगमा गरेको बयान र आरोप मागदाबीको प्रतिकुल हुने गरी बयान दिएको पुष्टि भएको छ।
चन्द्रबहादुर अधिकारीले लिएको घुसबापतको रकमको चेक सुमित्रा कस्मेटिक एन्ड फेन्सीको नाममा काटिएको र उक्त चेक सटहीका लागि बैँकसम्म गएको देखिएकाले उनले भ्रष्टाचारमा मद्दत गरेको आयोगको ठहर छ।
जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका–७ स्थायी वतन भई हाल चन्द्रागिरी नगरपालिका–५ बस्ने पुडासैनीलाई ५० लाख रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवाना माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८३ - १७:५८
काठमाडौँ । सरकारले विद्यालय तहको हिउँदे बिदा अवधि घटाएको छ। अब सामुदायिक विद्यालयमा वार्षिक ४५ दिनसम्म दिइने हिउँदे बिदा ३० दिनमा सीमित हुने भएको छ। ...
बैशाख २९ गते, २०८३ - १७:५२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। सशस्त्र प्रहरी ब...
बैशाख २९ गते, २०८३ - १७:२०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गतेदे...
बैशाख २९ गते, २०८३ - १७:१०
काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृतकमध्ये ३ महिला र १ पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्श...
बैशाख २९ गते, २०८३ - १६:५९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्...
बैशाख २९ गते, २०८३ - १६:४९
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कडा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा ...
बैशाख २९ गते, २०८३ - १६:४३
काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिएक...
बैशाख २९ गते, २०८३ - १६:३७
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न...
बैशाख २९ गते, २०८३ - १५:११
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...
बैशाख २९ गते, २०८३ - १४:५६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...


प्रतिकृया लेख्नुहोस्: