Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

संसद्लाई ‘कठपुतली’ बनाउन खोजिएको भन्दै विपक्षीद्वारा सभामुखको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौँ । विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले सभामुख डोलप्रसाद अर्याल सँग भेटवार्ता गर्दै संसद्को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा विपक्षी दलका नेताहरूले सरकारले संसद्लाई प्रभावहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

ऐन महरले संसद्लाई सरकारको 'कठपुतली' बनाउने प्रयास भइरहेको भन्दै कार्यकारी निकायले अधिकांश निर्णय एकतर्फी रूपमा अघि बढाइरहेको बताए।

उनले आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दललाई बोल्ने पर्याप्त समय नदिइएको तथा सरकारको नीति तथा कार्यक्रममाथि केवल एक दिन मात्र छलफल राखिएको विषयमा सभामुखको ध्यानाकर्षण गराइएको जानकारी दिए।

महरका अनुसार विपक्षी दलहरूले बैठकमा आकस्मिक समय माग गरेका छन्। यदि उक्त समय उपलब्ध नगराइए विपक्षी सांसदहरूले उभिएर विरोध जनाउने तयारी गरेका छन्।

यद्यपि, तत्काल संसद् बहिस्कार गर्ने वा बैठक अवरुद्ध गर्ने योजना भने नरहेको उनले स्पष्ट पारे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य बिमालाई जनमैत्री बनाउने तयारीमा सरकार - मन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताए...

सर्लाहीमा ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।  दुर्घटनामा साइकलयात्री सोही ठाउँका ६५ वर्...

प्रधानमन्त्री बालेन लगातार दोस्रो पटक समिति बैठकमा अनुपस्थित, कांग्रेसद्वारा बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली ...

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिज...

संसद्लाई ‘कठपुतली’ बनाउन खोजिएको भन्दै विपक्षीद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौँ । विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले सभामुख डोलप्रसाद अर्याल सँग भेटवार्ता गर्दै संसद्को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सिंहदरब...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ...

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

बैङ्कक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा भएको छन्। भ्र...

निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु पक्राउ

काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु लाई प्रहरीले नियन्त्रणमा लिएको छ। शर्मा एन्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका बडु...

पूर्व–पश्चिम राजमार्गको अवैध संरचना हटाउन सुरु

पश्चिम नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासी खण्डमा सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको छ । बर्दघाट नगरपालिकाले...

मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending