पश्चिम नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासी खण्डमा सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको छ । बर्दघाट नगरपालिकाले राजमार्गको दायाँ–बायाँ ८२ फिटभित्र पर्ने अस्थायी तथा स्थायी प्रकृतीका संरचनाहरू हटाउने अभियान तीव्र पारेको हो।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सडकको क्षेत्राधिकार खाली गराउनु नगरको प्राथमिकता रहेको बताए। उनले भने ‘‘राजमार्गको ८२ फिटभित्र रहेका जुनसुकै प्रकृतिका अवैध संरचनाहरू हटाउन हामीले सुरु गरिसकेका छौँ । यो नगरको सुन्दरता, सडक सुरक्षा र व्यवस्थित सहरीकरणका लागि अनिवार्य छ । हामीले पटक–पटक सूचना जारी गरेर नागरिकहरूलाई आफैँ हटाउन आग्रह गरेका थियौँ । केहीले हटाए, केहीले अटेर गरेपछि अहिले नगरपालिका आफैँ अग्रसर हुनुपरेको हो । विकासको काममा सबैको सहयोग आवश्यक छ।’’
लामो समयदेखि सडक अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा र व्यावसायिक संरचनाका कारण सडक विस्तार र ट्राफिक व्यवस्थापनमा समस्या परेपछि नगरपालिकाले कडाइका साथ यो कदम चालेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले कानुनी प्रक्रिया पूरा गरेर नै डोजर चलाइएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार सडक विभागको मापदण्ड र स्थानीय सरकारको निर्णयअनुसार सडकको बीच भागबाट दुवैतर्फ ८२ फिटको क्षेत्र सडककै नाममा हुन्छ । सो क्षेत्रभित्र बनाइएका संरचनाहरू पूर्णत: अवैध हुन् । अहिले सडकको क्षेत्राधिकार मिचिएका ठाउँहरू खाली गराउने काम भइरहेको छ। कानुनको पालना गराउने क्रममा कसैलाई विभेद नगरी सबै अवैध संरचनाहरू हटाइनेछ।
राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचनाका कारण सवारी चालकहरूको दृष्टि मा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने गरेको प्राविधिकहरूको भनाइ छ । यो अभियानले सडक फराकिलो देखिने र सवारी आवागमन सहज हुने विश्वास लिइएको छ।
नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने जनाएको छ। सडक सीमा खाली गराइएपछि सो क्षेत्रमा वृक्षारोपण गर्ने वा पैदलयात्री मैत्री पूर्वाधार बनाउने योजना समेत नगरको रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १७:२४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...
श्रावण ३ गते, २०८३ - १७:१६
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...
श्रावण ३ गते, २०८३ - १६:५०
काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...
श्रावण ३ गते, २०८३ - १६:४२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...
श्रावण ३ गते, २०८३ - १६:२६
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...
श्रावण ३ गते, २०८३ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...
श्रावण ३ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...



प्रतिकृया लेख्नुहोस्: