Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

प्रधानमन्त्री बालेन लगातार दोस्रो पटक समिति बैठकमा अनुपस्थित, कांग्रेसद्वारा बहिष्कार

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट बनेको छ।

सुकुमबासीको बलपूर्वक उठिबास, सुरक्षा प्रशासन तथा गृह मन्त्रालयसँग सम्बन्धित संवेदनशील विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने कांग्रेसको अडान छ। गृहमन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्रीले सम्हालिरहेका कारण उनी स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने कांग्रेसले जनाएको छ।

तर, प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि कांग्रेसले बैठक नै बहिष्कार गरेको हो। समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव सहभागी भएका थिएनन्। सोमबार बिहान ११ बजे बोलाइएको बैठकमा उनीहरू अनुपस्थित रहे।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नरहेको टिप्पणी गरे।

उनले भने, “गृह मन्त्रालयसँग सम्बन्धित सुकुमबासीलगायत विषयमा प्रधानमन्त्रीसँग जवाफ लिनु छ। गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० नै हुनुहुन्छ। उहाँ आएर जवाफ दिनुहुन्छ भने हामी आउँछौँ। प्रधानमन्त्री नआउने हो भने औपचारिक रूपमा भेटघाट, परिचय र चिया खाएर फर्किने हिसाबले मात्र हाम्रो उपस्थिति रहँदैन। त्यसैले आज पनि हामी बैठकमा अनुपस्थित भयौँ।”

आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए मात्र बैठकको जानकारी दिन भनिएको बताए। प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको भए पनि त्यसको सुनुवाइ नभएको उनले गुनासो गरे।

“प्रधानमन्त्री बिना अहिले समिति बैठक बस्नु औचित्यपूर्ण छैन। हामीले उहाँसँग प्रत्यक्ष जवाफ माग्नु छ,” आङ्देम्बेले स्पष्ट पारे।

प्रधानमन्त्रीको अनुपस्थितिका कारण समिति बैठक दोस्रो पटक प्रभावित भएको छ। यस घटनाले सरकार र प्रतिपक्षबीचको सम्बन्ध संसदीय समितिसम्म तनावपूर्ण बनेको संकेत गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध, सभामुखको आग्रहपछि बैठक सुरु

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । केहीबेरअघि सुरु भएको बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेप...

मिडियालाई बलियो बनाउन चाहन्छौं : मुख्यमन्त्री आचार्य

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडियालाई कमजोर होइन, बलियो बनाउनेतर्फ प्रतिवद्ध रहेको बताएको छन्।  नेपाल पत्...

स्वास्थ्य बिमालाई जनमैत्री बनाउने तयारीमा सरकार - मन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताए...

सर्लाहीमा ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।  दुर्घटनामा साइकलयात्री सोही ठाउँका ६५ वर्...

प्रधानमन्त्री बालेन लगातार दोस्रो पटक समिति बैठकमा अनुपस्थित, कांग्रेसद्वारा बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली ...

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिज...

संसद्लाई ‘कठपुतली’ बनाउन खोजिएको भन्दै विपक्षीद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौँ । विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले सभामुख डोलप्रसाद अर्याल सँग भेटवार्ता गर्दै संसद्को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सिंहदरब...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ...

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

बैङ्कक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा भएको छन्। भ्र...

निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु पक्राउ

काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु लाई प्रहरीले नियन्त्रणमा लिएको छ। शर्मा एन्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका बडु...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending