Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

खबरडबली संवाददाता

बैङ्कक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा भएको छन्। भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसकेको छन्।

दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार विहानै जेलबाट रिहा भएको हो ।

उनको स्वागतका लागि बैङ्ककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर करिब ३०० समर्थक र राजनीतिक सहयोगीहरू भेला भएका थिए। थाक्सिन सेतो पोलो ब्रान्डको टिसर्ट र निलो पाइन्ट लगाएर जेलबाट बाहिर निस्किँदा उनलाई परिवारिक सदस्यहरूले अँगालो हाल्दै स्वागत गरेका थिए। त्यस्तै, उनको रिहाइसँगै खुशी साट्न जेलबाहिर भेला भउका समर्थकहरूले ‘वि लभ थाक्सिन’ को नारा लगाएका थिए र उनलाई रातो गुलाब उपहार दिएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिकरूपमा देखिएका उनले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया दिन चाहेनन् । 

थाक्सिनको राजनीतिक यात्रा
दूरसञ्चार व्यवसायमा आबद्ध अर्बपति व्यापारी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक पार्टी गठन गरेको थिए र सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेको थिए। सन् २००६ मा सेनाले ‘कू’ गरेर उनको सरकार अपदस्थ गरेको थियो । त्यतिबेला उहाँ विदेश भ्रमणमा थिए। त्यतिबेला थाई राजनीति झण्डै दुई दशकसम्म गहिरो राजनीतिक द्वन्द्व र ध्रुवीकरणको शिकार बनेको थियो।

थाक्सिनलाई शक्तिको दुरुपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्‍याएको र सरकारी चिठ्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो। उनलाई अनुपस्थितिमा नै दोषी ठहर गरिएको थियो ।

सन् २०२३ मा उहाँ स्वदेश फर्किएको थिए र अदालतमा हाँजिर भएको थिए। त्यहाँबाट उहाँलाई सुरुमा आठ वर्षको जेल सजाय सुनाइएको थियो तर पछि थाइल्यान्डका राजा महा वाजिरालोङकोर्नले जेल सजाय घटाएर एक वर्षमा झारेको थिए।

स्वास्थ्य कारण देखाउँदै थाक्सिनलाई बैङ्ककस्थित प्रहरी अस्पतालको एक विशेष कक्षमा कैद गर्न दिइएको थियो । यो निर्णयका विरोधीहरुले उनलाई विशेष सुविधा दिएको आरोप लगाएका थिए । यसपछि सन् २०२५ सेप्टेम्बरमा सर्वोच्च अदालतले उनलाई जेलमा आफ्नो सजाय पूरा गर्न आदेश दिएको थियो ।

स्वास्थ्य कारणले ‘प्यारोल’ स्वीकृत
हालसालै, न्याय मन्त्रालयको एक समितिले उनको राम्रो आचरण, बढ्दो उमेर र पुन: अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उनका लागि ‘प्यारोल’ स्वीकृत गरेको छ। रिहाइपछि आगामी चार महिनासम्म उनलाई निगरानीमा राखिने बताइएको छ । उनीहरूले बैङ्ककमा आफ्नो घरमा बस्नुपर्नेछ भने निगरानीका लागि ‘इलेक्ट्रोनिक मोनिटरिङ ब्रेसलेट’ लगाउनु पर्नेछ र नियमित रूपमा अधिकारीहरूलाई रिपोर्ट गर्नुपर्नेछ।

सन् २०२४ मा थाक्सिनकी छोरी पातोङटार्न सिनावात्रा थाइल्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेपछि थाक्सिनलाई थप सुविधा दिनसक्ने भनाइहरू आएका थिए तर उनको विदेशी अधिकारीसँगको विवादास्पद फोन कल सार्वजनिक भएपछि संवैधानिक अदालतले उनलाई सन् २०२५ मा पदबाट हटाएको थियो। यस वर्षको आम निर्वाचनमा थाक्सिन समर्थित फेउ थाई पार्टी तेस्रो स्थानमा पुगेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्बन व्यापारबाट एक अर्ब १० करोड, उखु अनुदान भुक्तानी

काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...

विरोधको शैली परिवर्तन गर्न सभामुखको आग्रह, विपक्षी असहमत

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको आजपनि विरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...

बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...

बाल मन्दिर जग्गा भाडा प्रकरणमा तीन जना पक्राउ

काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

राष्ट्रिय सभाबाट आज चार अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाले आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याक प्रक्रियामार्फत पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो ...

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर...

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending