हुम्ला। वर्षेनी ठुलो मात्रामा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै हुम्ला भित्रिने चिनियाँ मदिरा यस वर्ष नेपाल भित्रिन नदिने सहमति भएको छ । नेपाली सुरक्षा निकायको विशेष आग्रहमा चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट अन्य सामानजस्तै चिनियाँ मदिरा पनि नेपालतर्फ नपठाउने सहमति जनाएपछि उक्त मदिरा भित्रिन रोकिएको हो ।
हिल्सा नाकाका लागि ताक्लाकोटबाट चिनियाँ मदिरा नछोड्न नेपाली सुरक्षा निकायले संयुक्त रूपमा गरेको आग्रहलाई चिनियाँ सुरक्षाकर्मीले स्वीकार गरेको सशस्त्र प्रहरी बल नेपाल, बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक कृष्ण दाहालले बताए। उनका अनुसार प्रत्येक वर्ष लुकिछिपी रूपमा सीमा क्षेत्रबाट सो मदिरा नेपाल भित्रिने गरेको थियो । यसको सर्वत्र विरोध भएपछि हिल्सामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले चिनियाँ पक्षसँग औपचारिक रूपमा अनुरोध गरेका थिए ।
सोही अनुरोधअनुसार चिनियाँ पक्षले मदिरा नपठाउने सहमति दिएपछि हाल हिल्सा नाकाबाट मदिरा भित्रिन पूर्ण रूपमा रोकिएको उनले जानकारी दिए। यसअघि चिनियाँ सुरक्षाकर्मीले उक्त मदिरा सहज रूपमा पठाउन सहयोग गर्दै आएका थिए । तर अहिले रोकिएपछि हिल्सा क्षेत्रमा स्थिति सहज भएको सुरक्षाकर्मीको भनाइ छ ।
मदिरा भित्रिन रोकिएपछि हिल्सा क्षेत्रमा विवाद तथा झैझगडा समेत कम भएको स्थानीयले बताएका छन् । यसअघि लुकिछिपी रूपमा वार्षिक करिब २० करोड रुपैयाँभन्दा बढीको चिनियाँ मदिरा नेपाल भित्रिने गरेको स्थानीयको दाबी छ । कतिपय अवस्थामा हिल्सामा खटिएका प्रहरीको मिलोमतोमा समेत मदिरा भित्रिने गरेको आरोप स्थानीयले लगाउँदै आएका थिए । सुराकीको सूचनाका आधारमा प्रहरीले बेला–बेला सो मदिरा बरामद गर्ने गरेको पनि बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: