Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काए

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले हिजोको बैठकमा पराजुलीले न्यायाधीशसम्बन्धी विषय उठाएको भन्दै त्यसलाई असंवैधानिक र अनुचित भएको टिप्पणी गरे।

‘महाभियोग लागेका अवस्थामा बाहेक अन्य सामान्य अवस्थामा न्यायाधीशबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमै उल्लेख छ,’ राईले भने, ‘तर सत्तारुढ दलकै एक वरिष्ठ माननीयज्यूले दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काएर न्यायाधीशको विषयमा बोल्नुभयो। यो अनैतिक, अराजनीतिक मात्र होइन, असंवैधानिक पनि हो।’

उनले संविधानको धारा १०५ को उल्लेख गर्दै अदालतमा विचाराधीन मुद्दा तथा न्यायाधीशले गरेको न्यायिक कार्यबारे संसद्मा छलफल गर्न नमिल्ने व्यवस्था रहेको बताए।

‘उहाँ संविधानभन्दा माथि हो ? के सत्तारुढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो ?’ राईले प्रश्न गर्दै सभामुखले यस्ता विषयमा समयमै रुलिङ गर्नुपर्ने बताए।

उनले आफूले हिजै यस विषयमा ध्यानाकर्षण गराउने तयारी गरेको भए पनि सभामुखले स्वत: ध्यान दिने अपेक्षा गरेको बताए।

राईको अभिव्यक्तिपछि रास्वपा सांसद गणेश पराजुली उठेर विरोध जनाएका थिए। सभामुखले पराजुलीको हिजोको अभिव्यक्ति आफूले हेर्न बाँकी रहेको बताउँदै उनलाई रोक्दै बैठकको कार्यसूची अघि बढाएका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...

न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काए

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति, संसद्मा बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...

लगानी व्यवस्थापन समितिमा खड्का र थकाली मनोनयन

काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...

मन्त्रिपरिषद् बैठकका ४ निर्णय सार्वजनिक

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ। आज बसेको बैठकले उक्त नियमावली पारित गरेको सञ्चारमन्त्री डा। व...

बाँदर धपाउन जेठ १ गते सार्वजनिक बिदा दिइने

हिले । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाँदरको आतंक नियन्त्रण गर्न सामू...

स्मार्ट टेलिकम प्रकरण: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । सरकारको नियन्त्रणमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० ज्योतिप्र...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मोल भने रु १५ ले...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending