Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

महाधिवेशन नगरेपछि कांग्रेसको कडाइ, ५ भ्रातृसंघ विघटन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस ले महाधिवेशन गर्न नसकेका आफ्ना ५ भ्रातृ संगठनका अध्यक्ष हटाउँदै केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले लामो समयदेखि अधिवेशन गर्न नसकेका र निकट भविष्यमा पनि सम्भावना नदेखिएका भ्रातृसंघहरूलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो। बैठकले पटक–पटक समयसीमा दिँदा पनि कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न नभएकाले अब म्याद थपिरहनु आवश्यक नरहेको निष्कर्ष निकालेको छ।

निर्णयअनुसार तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ र लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष हटाइएका छन् भने ती सबै संगठनका केन्द्रीय समिति विघटन गरिएको छ।

तीमध्ये तरुण दलका अध्यक्ष विद्वान गुरुङ र नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले भने यसअघि नै पदबाट राजीनामा दिइसकेका थिए। महिला संघमा उषा राउत मिश्र, नेपाल विद्यार्थी संघमा दुजाङ शेर्पा र लोकतान्त्रिक खेलकुद संघमा देवेन्द्र शेरचन अध्यक्ष रहेका थिए।

यसअघि कांग्रेसले २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो। पछि तदर्थ समिति गठन गरी २०८२ पुस मसान्तसम्मको समय दिइए पनि ती संगठनहरूले महाधिवेशन सम्पन्न गर्न सकेनन्।

बैठकले अब ती भ्रातृसंघहरूको महाधिवेशन गराउने जिम्मेवारी सभापतिलाई दिएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा विधानको धारा ४२(१) अनुसार आवश्यक व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

महामन्त्री प्रदीप पौडेल ले भ्रातृसंघहरूलाई व्यवस्थित र सशक्त बनाउने उद्देश्यले निर्णय गरिएको बताउँदै छिट्टै नयाँ ढाँचामा संगठन अघि बढाइने जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...

बाजुरामा तनाव चर्कियो : ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...

छानबिनको ‘क्लिन चिट’सँगै गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली कमब्याक

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...

तरकारी बजारमा राहत : गोलभेँडा २० रुपैयाँमा झर्‍यो, आज कुन वस्तुको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...

निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending