काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट बाहिरिएका गुरुङको पुनरागमनले सरकारको निर्णय प्रक्रिया, छानबिन समितिको निष्कर्ष र राजनीतिक शक्ति सन्तुलनमाथि नयाँ बहस सुरु भएको छ।
व्यवसायी दीपक भट्टसँगको कथित व्यावसायिक सम्बन्ध, सम्पत्ति विवरणमा देखिएका प्रश्न र सम्पत्तिको स्रोतबारे उठेको विवादका कारण गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिले हालै सरकारलाई बुझाएको प्रतिवेदनमा गुरुङमाथि सार्वजनिक रूपमा लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ। प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका केही असंगतिलाई व्यक्तिको नियतभन्दा पनि राज्यको कमजोर अभिलेख तथा व्यवस्थापन प्रणालीसँग जोडेको बताइएको छ।
समितिको प्रतिवेदन प्राप्त भएको केही समयमै मन्त्रिपरिषद्ले गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेपछि उनको पुनरागमनको बाटो खुलेको हो। यसले गुरुङमाथि उठेका प्रश्नहरू कानुनी रूपमा टुंगिएको सन्देश सरकारबाट गएको देखिन्छ।
राजनीतिक वृत्तमा भने यो पुनरागमनलाई सामान्य नियुक्तिभन्दा बढी अर्थमा हेरिएको छ। गुरुङको राजीनामापछि प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफैंसँग राखेका थिए। मन्त्रालयमा नयाँ नेतृत्व नल्याइनु र गुरुङनिकट टोलीको प्रभाव कायम रहनुलाई धेरैले उनको पुनरागमनको पूर्वसंकेतका रूपमा व्याख्या गरेका थिए।
गुरुङ पुनः गृहमा फर्किएसँगै सुरक्षा निकायको नेतृत्व, कानून कार्यान्वयन र सरकारको आन्तरिक शक्ति समीकरणमा उनको भूमिका थप प्रभावशाली बन्ने अनुमान गरिएको छ। उनका समर्थकहरूले आरोपबाट सफाइ पाएपछि गुरुङको राजनीतिक तथा नैतिक हैसियत अझ बलियो बनेको दाबी गरेका छन्।
तर, आलोचकहरूले भने छानबिन प्रतिवेदन सार्वजनिक नगरिई पुनर्नियुक्ति गरिनु प्रश्नको विषय भएको बताएका छन्। प्रतिवेदनका सबै विवरण सार्वजनिक भएपछि मात्रै निष्पक्षताको मूल्यांकन गर्न सकिने उनीहरूको तर्क छ।
गुरुङको पुनरागमनसँगै अब बहस उनको नियुक्तिभन्दा पनि छानबिन प्रक्रियाको विश्वसनीयता, राजनीतिक उत्तरदायित्व र सार्वजनिक पदमा नैतिकताको मापदण्डतर्फ केन्द्रित हुने देखिएको छ। गृह मन्त्रालयको जिम्मेवारी पुनः सम्हालेका गुरुङले आगामी दिनमा आफूविरुद्ध उठेका प्रश्नलाई व्यवहारिक काममार्फत कसरी सम्बोधन गर्छन् भन्ने विषय नै उनको दोस्रो इनिङको मुख्य परीक्षा बन्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - २२:०१
हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...
जेष्ठ २७ गते, २०८३ - २२:००
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...
जेष्ठ २७ गते, २०८३ - २१:५५
विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...
जेष्ठ २७ गते, २०८३ - २१:४५
काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...
जेष्ठ २७ गते, २०८३ - २१:४३
काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...
जेष्ठ २७ गते, २०८३ - २०:१२
बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...



प्रतिकृया लेख्नुहोस्: