काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्।
डा। कोइरालाले भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिएका छन्।
कांग्रेसभित्र पछिल्लो समय पार्टीको वैधानिकता र नेतृत्वलाई लिएर बहस तथा विवाद चलिरहेका बेला आयोजना हुन लागेको विशेष भेलामा डा। कोइरालाको सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तर, भेलालाई लिएर पार्टी विभाजनको तयारी भइरहेको भन्ने आशंका भने गलत भएको थपलियाले स्पष्ट पारेका छन्।
‘यो भेला पार्टी विभाजन गर्नका लागि आयोजना गरिएको होइन,’ उनले भने, ‘डा। शेखर कोइरालाले उद्घाटन समारोहमा सहभागी भएर पार्टी एकताकै लागि विशेष आह्वान गर्नुहुनेछ।’
संवादबाट विवाद समाधान गर्नुपर्नेमा जोड
डा. कोइरालाले पछिल्लो समय कांग्रेसभित्र देखिएका कानुनी तथा नीतिगत जटिलतालाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने धारणा राख्दै आएका छन्।
पार्टीभित्रको आन्तरिक विवादलाई थप जटिल बनाउनेभन्दा सबै पक्षबीच संवाद गरी कांग्रेसलाई थप सशक्त र एकताबद्ध बनाउनुपर्नेमा उनको जोड छ।
विशेष भेलामा उनको सहभागिता र सम्बोधनले पार्टीभित्र जारी बहस तथा विवादका बीच एकताको सन्देश दिने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...
श्रावण २६ गते, २०८३ - १५:३६
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै पठाएको पत्रमा सभापति गगनकुमार थापालाई ‘तत्काली...
श्रावण २६ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद्को बैठक आह्वान गरेको छन् । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनु...
श्रावण २६ गते, २०८३ - १४:५०
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसद् र संवैधानिक प्र...
श्रावण २६ गते, २०८३ - १४:३७
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा...
श्रावण २६ गते, २०८३ - १४:२२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभि...



प्रतिकृया लेख्नुहोस्: