Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री संसदमा आए पनि नआए पनि अब त्यसले धेरै फरक नपर्ने बताएका हुन्।

आङ्देम्बेले प्रधानमन्त्रीले जेठ १७ गते संसदमा दिएको अभिव्यक्तिको घोर भर्त्सना गर्दै त्यसबारे कांग्रेसको असहमति यथावत् रहेको स्पष्ट पारे। उनले भने, “प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा भन्छु, उहाँ आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन। उहाँ अब गौण हुनुभएको छ। प्रधानमन्त्रीले जेठ १७ गते सदनमा बोलेको कुरा हामी घोर भर्त्सना गर्छौं।”

उनले संसद अवरोध लम्बिँदा देशका विभिन्न महत्वपूर्ण काम प्रभावित हुने भएकाले कांग्रेसले जिम्मेवार ढंगले निर्णय गरेको बताए। उनका अनुसार संसद निरन्तर अवरुद्ध रहँदा मुलुकलाई नै नोक्सान हुने निष्कर्षमा कांग्रेस पुगेको छ।

आङ्देम्बेले आफ्नै पार्टीभित्र प्रधानमन्त्रीमाथि थप दबाब सिर्जना गर्नुपर्ने मतसमेत आएको खुलासा गरे। तर सीमा विवादजस्ता संवेदनशील विषयलाई अनावश्यक रूपमा लम्ब्याउँदा राष्ट्रिय हित र राष्ट्रियताको सवाल कमजोर हुन सक्ने भएकाले त्यसतर्फ सावधानी अपनाइएको उनले बताए।

उनले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुपर्ने कांग्रेसको अडान अझै कायम रहेको उल्लेख गर्दै भने, “प्रधानमन्त्रीले सदनमा आएर सफाइ दिनुपर्छ भन्ने हाम्रो धारणा अझै पनि यथावत् छ। उहाँले भुलवश बोलेको कुरा इतिहासमा दर्ज भइसकेको छ र संसदको अभिलेखमा सुरक्षित छ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्रोड पिक हिमपहिरोमा सम्पर्कविहीन १० आरोही को–को हुन् ?

काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...

अर्को सूचना जारी नभएसम्मका जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...

गणेश यादव मृत्यु प्रकरण : सत्यतथ्य छानबिन गर्न समिति गठन

जनकपुरधाम। मधेश प्रदेश प्रहरी कार्यालयले सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा एक युवकको गोली लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न...

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस...

सुनसरी घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण: संयमता अपनाउन र सामाजिक सद्भाव कायम गर्न अपिल

काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित, अर्थसम्बन्धी विधेयक समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...

मृतकका परिवारलाई भेट्न सुनसरी जादै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...

वीरगञ्जमा निषेधाज्ञा लागू, पाँच जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...

प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...

सुनसरी–मधेशको अवस्थाबारे छलफल गर्न रवि लामिछानेले बोलाए रास्वपा सांसदको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending