विराटनगर । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन थालेका छन्।
कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यहरूलाई प्राथमिकतामा राख्दै रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको हो।
समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार २८७ जना साना बचतकर्ताको कुल २८ लाख ५७ हजार रुपैयाँ उनीहरूको बैंक खातामा पठाइएको छ।
समितिले सहकारीको व्यवस्थापन जिम्मा लिएपछि लगानी गरिएको ऋणमध्ये १ करोड ८७ लाख रुपैयाँ असुल गरिसकेको छ। तर सहकारीले अझै ४२ करोड ६० लाख रुपैयाँभन्दा बढी ऋण असुल गर्न बाँकी रहेको छ। बचत फिर्ताका लागि २४ करोड ८८ लाख रुपैयाँ बराबरको निवेदन समितिमा परेको छ।
समिति सदस्य जीवन काफ्लेका अनुसार अहिले ऋणीहरूबाट रकम असुली गर्ने प्रक्रिया जारी छ। २० हजारसम्मको रकम फिर्तापछि क्रमश: १ लाख रुपैयाँसम्मका बचतकर्तालाई पनि रकम फिर्ता गर्ने तयारी गरिएको छ। आवश्यक परे सहकारी र सञ्चालकको सम्पत्ति लिलाम गरेर बचत फिर्ता गरिने उनले बताएका छन्।
प्रदेश सरकारले २०८१ पुस २३ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि सरकारी समितिले यसको व्यवस्थापन, ऋण असुली तथा धितो लिलाम प्रक्रिया अघि बढाएको हो।
कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकारको पहलमा पहिलोपटक यस्तो प्रकारले बचत फिर्ता प्रक्रिया सुरु भएको बताएका छन्। उनका अनुसार पहिलो चरणमा २० हजार रुपैयाँसम्म र त्यसपछि एक लाख रुपैयाँसम्मका बचतकर्तालाई रकम फिर्ता गर्ने तयारी गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...
बैशाख ६ गते, २०८३ - १४:२१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेक...
बैशाख ६ गते, २०८३ - १४:००
नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर...
बैशाख ६ गते, २०८३ - १३:४०
कास्की। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुख दिने १६ महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी ...
बैशाख ६ गते, २०८३ - १३:२६
काठमाडौं । बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल, ५८ राउण्ड गोली र सात थान म्यागजिन बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश था...
बैशाख ६ गते, २०८३ - १३:१८
पश्चिम नवलपरासी। नेपाल-भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछी सीमावर्ती क...
बैशाख ६ गते, २०८३ - १३:०१
सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्याउने योजना कार्यान्वयन ...
बैशाख ६ गते, २०८३ - १२:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक र ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ...
बैशाख ६ गते, २०८३ - १२:३८
बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००...
बैशाख ६ गते, २०८३ - १२:२६
काठमाडौँ । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । रुवान्ड...


प्रतिकृया लेख्नुहोस्: