Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान एक्लै मारमा

खबरडबली संवाददाता

विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति बेहोरेका छन् । चैतको पहिलो सातादेखि सुरु भएको यो महामारीले पन्छीजन्य क्षेत्रमा ठुलो असर पारे पनि सरकारले क्षतिपूर्ति दिने सुनिश्चितता नगरेको र बिमा कम्पनीहरूले समेत जोखिम बहन गर्न नमान्दा सम्पूर्ण क्षतिको भार किसानमाथि परेको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशअन्तर्गत पशुपन्छी विकास महाशाखाका अनुसार मोरङको सुन्दरहरैँचा र उर्लाबारीबाट सुरु भएको संक्रमण हाल झापाको दमक, सुनसरीको इटहरी तथा गढी गाउँपालिकासम्म फैलिएको छ ।

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा। दीपा दिवालीका अनुसार कोशी प्रदेशका २३ स्थानमा बर्डफ्लु पुष्टि भएको छ । सो क्रममा एक लाखभन्दा बढी संक्रमित कुखुरा नष्ट गरिएको छ । तीमध्ये लेयर्स र ब्रोइलर जातका कुखुरा बढी रहेका छन् । साथै, करिब दुई लाखभन्दा बढी अण्डा र झण्डै ५० हजार किलो दाना पनि नष्ट गरिएको छ ।

विवरणअनुसार मोरङको उर्लाबारी र झापाको दमक क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । उर्लाबारी–८ स्थित अठियाबारी कृषि फार्ममा मात्रै १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको थियो भने दमकका दुई ठूला फार्ममा क्रमश: १५ हजार र १३ हजार कुखुरा मारिएको थियो ।

यति ठूलो क्षति भए पनि किसानलाई क्षतिपूर्ति वा राहत दिने विषय सरकारको प्राथमिकतामा नपरेको किसानहरूको गुनासो छ । मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले करिब ५० करोड रुपियाँ क्षतिको प्रारम्भिक विवरण आएको भए पनि क्षतिपूर्ति दिने विषयमा हालसम्म कुनै निर्णय नभएको बताए। उनका अनुसार आवश्यक बजेट र स्रोत सुनिश्चित नभएकाले तत्काल क्षतिपूर्ति सम्भव छैन ।

“क्षतिपूर्तिको आशमा आउने किसानलाई हामीले स्पष्ट जवाफ दिन सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो ।

यसअघि दुई वर्षअघि लम्पी स्किन रोगका कारण हजारौँ पशु मर्दा संकलित तथ्याङ्क पनि मन्त्रालयमै थन्किएको र अहिलेसम्म कुनै किसानले क्षतिपूर्ति नपाएको उदाहरणका कारण यसपटक पनि पीडित किसान आशाविहीन बनेका छन् ।

कृषि तथा पशुबिमा गर्ने सरकारी व्यवस्था भए पनि बिमा कम्पनीहरूले कार्यान्वयन नगर्दा किसान थप पीडित भएका छन् । सरकारले कृषि बिमा प्रोत्साहन गर्ने नीति लिए पनि महामारीको जोखिम देखाउँदै बिमा कम्पनीहरूले कुखुराको बिमा गर्न आनाकानी गर्ने गरेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता पोखरेलका अनुसार बिमा कम्पनीहरूलाई पटक–पटक पत्राचार गरिए पनि प्रभावकारी कार्यान्वयन भएको छैन । पशुधन तथा कृषि बिमा नहुँदा क्षतिपूर्ति सुनिश्चित नहुने र राज्यले समेत दायित्व नलिँदा किसानको करोडौँ लगानी डुब्ने अवस्था बनेको छ ।

कृषि प्रधान मुलुकमा प्राकृतिक विपद् तथा महामारीको भार बारम्बार किसानले नै बेहोर्नुपर्ने अवस्थाले धेरै किसान कृषि व्यवसायबाट पलायन हुने र ऋणको बोझले थलिने अवस्था सिर्जना भएको सरोकारवालाहरूको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending