नेपालगन्ज। बाँके जिल्लामा गत महिनामा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार फागुन महिनाको तुलनामा चैत महिनामा जिल्लामा दुर्घटना बढ्नुका साथै दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या समेत बढेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार गत फागुन महिनामा जिल्लामा ३३ वटा सवारी साधन दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको र ४६ जना घाइते भएका थिए भने चैत महिनामा सो सङ्ख्या बढेर ३६ वटा सवारी दुर्घटना हुन गई सात जनाको मृत्यु र ४४ जना सर्वसाधारण घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको चैत महिनाको प्रहरी प्रतिवेदनमा एक महिनाको अवधीमा जिल्लामा ३६ वटा सवारी दुर्घटना हुँदा ५४ वटा सवारी साधन दुर्घटनामा परेको जानकारी गराइएको छ ।
मासिक प्रहरी प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विष्टले चैत महिनामा ३६ वटा सवारी दुर्घटना भएको जनाउँदै ती दुर्घटनामा परेर सात जनाको मृत्यु भएको र ४४ जना घाइते भएको बताए।
उनले जिल्लामा भएका दुर्घटनाको अध्ययन र विश्लेषण गर्दा अधिकांश दुर्घटना तीव्र गतिमा सवारी साधन चलाएकै कारण भएको देखिएको जनाउँदै २७ वटा दुर्घटना तीव्र गतिका कारण भएको पाइएको बताए ।
सोही प्रकारले चालकको लापरवाहीले एउटा, मादक पदार्थ सेवन गरेका कारण दुई र छाडा चौपायाका कारण एउटा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चेतनामूलक कार्यक्रमसँगै चेकजाँचलाई कडा पार्दै गएपनि तिव्र गतिमा सवारी साधन चलाउने क्रम नरोकिएको हुँदा दुर्घटना न्यूनिकरणमा समस्या भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताए।
उनले तिव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेमाथि कडा निगरानी शुरु गरिएको बताए।
ट्राफिक प्रहरीले दैनिकजसो जिल्लाका विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम गरेर ट्राफिक नियमसँगै गति र अन्य सम्भावित जोखिम बारे पनि निरन्तर जानकारी गराउँदै आएको प्रमुख शाहीले बताए।
उनले दुर्घटना रोक्नकै लागि हालैमात्र ट्राफिक प्रहरीले विभिन्न सवारी साधनबाट एक हजार १०० भन्दा बढी फोकस लाइट, फग लाइट र शो लाइट निकालेको बताए।
जिल्ला प्रहरी कार्यालयका अनुसार चैत महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७८१ वटा सवारी साधनमाथि कारबाही गर्दा १५ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - ११:३०
काठमाडौं । मन्त्रिपरिषद् बैठकले रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको...
बैशाख २८ गते, २०८३ - ११:०९
हुम्ला। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हिमाली जिल्ला हुम्लाका लागि नियमित उडान संख्या थप गरेको छ । यात्रु तथा स्थानीयवासी...
बैशाख २८ गते, २०८३ - १०:५४
काठमाडौँ।नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहा...
बैशाख २८ गते, २०८३ - १०:३१
मुस्ताङ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । जाडोयाममा कात्तिकदेखि फागुन महिनासम्म विकास निर्माण, शैक्षिक गतिविधि समे...
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...


प्रतिकृया लेख्नुहोस्: