संखुवासभा। इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
संघका महासचिव सुनिल कुमार श्रेष्ठले आइतबार सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा मध्यपूर्वमा जारी युद्धको प्रत्यक्ष असर नेपालको निर्माण उद्योगमा परेको बताए।
युद्धका कारण निर्माण कार्यमा प्रयोग हुने डिजेल, पेट्रोल, बिटुमिन, रड र सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै गएकाले निर्माण कार्य सञ्चालन गर्न व्यवसायी कठिनाइमा परेका छन् ।
उनका अनुसार देशभर करिब २० देखि २५ लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको निर्माण क्षेत्र हाल मूल्यवृद्धिको चपेटामा पर्दै धरासायी हुने अवस्थामा पुगेको छ ।
निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दासमेत राष्ट्र बैंकको मूल्य सूचकाङ्कमा वास्तविक अवस्था नदेखिएको भन्दै संघले गुनासो गरेको छ ।
पत्रकार सम्मेलनमार्फत सङ्घले निर्माण उद्योगलाई आपतकाल घोषणा गरी व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
साथै, हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने अवस्था रहेकाले “मूल्य समायोजन मार्गनिर्देशिका–२” तत्काल जारी गर्नुपर्ने आवश्यकता रहेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सङ्घले सबै अवधिका निर्माण आयोजनामा मूल्य समायोजनको स्पष्ट व्यवस्था मिलाउन तथा निर्माण सामग्रीको वास्तविक बजार मूल्यलाई राष्ट्र बैङ्कको सूचकाङ्कमा समावेश गर्न समेत आग्रह गरेको छ ।
महासचिव श्रेष्ठले यसअघि नै नेपाल निर्माण व्यवसायी महासङ्घमार्फत सरकार तथा सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराइए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै समस्यालाई गम्भीरतापूर्वक समाधानका लागि ढिलाइ नगर्न आग्रह गरे।
सङ्घले आफ्ना माग समयमै सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १२:४४
साँफेबगर। अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत राम्रो आम्दानी गर्दै आएको छ। वडा नं। ४ मा ...
जेष्ठ १७ गते, २०८३ - १२:१५
भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माण...
जेष्ठ १७ गते, २०८३ - ११:५२
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। १३ ...
जेष्ठ १७ गते, २०८३ - ११:४३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल दोब्बर बनाएपछि नेपाली बजारमा सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा ब...
जेष्ठ १७ गते, २०८३ - ११:२०
काठमाडौं । अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकह...
जेष्ठ १७ गते, २०८३ - ११:१०
काठमाडौँ। कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ । ...
जेष्ठ १७ गते, २०८३ - ११:०१
काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति प्राप्त भएपछि मात्र वैदेशिक रोजगारीका लागि विदेश यात्रा गर्न श्रमिकहरूलाई अनुरोध गरेको छ। विभागले आइतबार ...
जेष्ठ १७ गते, २०८३ - १०:४३
पाल्पा। पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ। बालविवाह अन्त्य गर्दै ...
जेष्ठ १७ गते, २०८३ - १०:२६
महोत्तरी। महोत्तरीको गौशाला बजार बन्द गरी विभिन्न चोकहरूमा टायर बालेर आइतबार बिहानदेखि प्रदर्शन भइरहेको छ। गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११...
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...



प्रतिकृया लेख्नुहोस्: