तनहुँ। प्रदेश अस्पताल दमौलीले स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले आज आइतबारदेखि नै ओपिडी ९बहिरङ्ग० सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अबदेखि आइतबार पनि अस्पतालको नियमित सेवा सुचारु भएको छ ।
अस्पतालका प्रमुख डा। पर्वत बरालका अनुसार मन्त्रालयको पछिल्लो प्रेस विज्ञप्ति र सार्वजनिक बिदाको दिनसमेत अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिने नेपाल सरकारको निर्णय कार्यान्वयन गर्दै आज आइतबार बिहानैदेखि सम्पूर्ण विभागका चिकित्सक तथा कर्मचारीहरू सेवामा खटिएका छन् ।
“बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै कुनै पनि दिन सेवा अवरुद्ध नहोस् भन्ने हाम्रो प्रतिबद्धता हो, सोही अनुसार आज आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन भइरहेको छ,” डा। बरालले जानकारी दिए ।
अस्पताल प्रशासनका अनुसार आज आइतबार बिहानैदेखि ओपिडीमा बिरामीहरूको चाप देखिएको छ भने चिकित्सक र स्वास्थ्यकर्मीहरूले नियमित रूपमा सेवा दिइरहेका छन् । ओपिडी सेवा सुरु भएपछि विशेषगरी टाढा–दराजबाट उपचारका लागि आउने सेवाग्राही, आकस्मिक अवस्थाका बिरामी र नियमित स्वास्थ्य जाँच गराउनुपर्ने बिरामीलाई ठूलो राहत मिलेको छ ।
अस्पतालले बिरामीहरूलाई आज ९आइतबार० र अन्य दिनमा झैँ नियमित रूपमा अस्पतालमा उपस्थित भई स्वास्थ्य सेवा लिन आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: