Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

आकाशे पानीकै भरमा बदेडाबासीको हिउँदे खेती

खबरडबली संवाददाता

बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–१० का बदेडाबासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्।

उनीहरूका लागि प्रशस्त उब्जनीयोग्य जमिन भए पनि त्यस क्षेत्रमा पुस्तौँदेखि हालसम्म सिँचाइ सुविधा छैन। सिँचाइ सुविधा नहुँदा यहाँका स्थानीयले पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली खेती गर्दै आएका हुन्।

बुढीगङ्गा नगरपालिकाका स्थानीय प्रेम नेपालीले गाउँमा उब्जनीयोग्य जमिन प्रशस्त भए पनि सिँचाइ सुविधा नभएको बताउनुभयो।

उनले भने, “कात्तिक–मङ्सिरमा पानी परे खेती लगाउँछु, पानी नपरे बाँझै छोड्छौँ।”

कात्तिक–मङ्सिरमा आकाशे पानीको भरमा लगाइएको हिउँदे बाली पुस–माघमा पर्ने पानीले केही राहत दिने भए पनि पानी नपरे बाली सुकेर नष्ट हुने गरेको उनले बताए।

बदेडा क्षेत्रमा माथिल्लो खेत, खापरमाण्डौ, तोल्यान, बाउँकुडा, कालापातल, तल्लामाण्डौ, बाउनेमाडु, पानीभुवा, रोल, भतुडा, डाँडा, कबलतोला लगायतका ठाउँमा प्रशस्त जमिन छ।

कालापातल र रोल क्षेत्रमा केही जमिनमा सिँचाइ सुविधा भए पनि अन्य ठाउँमा सिँचाइ सुविधा छैन।

स्थानीयहरू पुस्तौँदेखि आकाशे पानीकै भरमा खेती गर्दै आएका छन्। हिउँदमा पानी परे गहुँ–जौ राम्रो उत्पादन हुन्छ भने पानी नपरे बाली पूर्ण रूपमा नष्ट हुने अवस्था रहने गरेको छ।

सुख्खा खडेरी परे यहाँका स्थानीयमा भोकमरीको जोखिम समेत रहने गर्छ। सिँचाइ अभावका कारण धेरैजसो स्थानीय रोजगारीका लागि भारत जाने गरेका छन्।

कतिपयले हिउँदमा जमिन बाँझै राख्ने र वर्षायाममा मात्र खेती गर्ने गरेका छन्। यहाँ वर्षायाममा धान र कोदो बढी उत्पादन हुने भए पनि हिउँदे बाली कम लगाइने गरिन्छ।

अन्य क्षेत्रका खेतबारीमा सिँचाइ कुलोको व्यवस्था भए पनि बदेडाबासीले भने पुस्तौँदेखि सिँचाइ सुविधाबाट वञ्चित रहनुपरेको छ।

बदेडामा करिब २५० परिवार बसोबास गर्छन्। तीमध्ये धेरैजसो परिवार हाल भारतमा रहेको स्थानीय बताउँछन्। खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावले उनीहरू रोजगारीका लागि भारत जान बाध्य छन्।

बुढीगङ्गा नगरपालिका–१० की वडा सदस्य जगु सार्कीले गाउँ नजिक पानीको मुहान नभएको र टाढाबाट योजना ल्याउन ठुलो लगानी आवश्यक पर्ने भएकाले पालिकाले तत्काल व्यवस्था गर्न नसकेको बताए।

वर्षायाममा पानीका मुहान फुट्ने गरे पनि हिउँदमा ती मुहान चाँडै सुक्ने भएकाले जमिनमा सिँचाइको अभाव हुने गरेको छ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब २ लाख ३० हजार ३७ हेक्टर जमिन रहेको छ। उनले भने, “त्यसमध्ये करिब ५ हजार २ सय ३५ हेक्टर जमिनमा मात्र वर्षभर सिँचाइ सुविधा छ।”

जिल्लामा करिब १० हजार ४६० हेक्टर जमिनमा गहुँ खेती हुने र त्यसबाट वार्षिक करिब १७ हजार ७८२ मेट्रिक टन उत्पादन हुने गरेको उहाँले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...

रास्वपा कर्णाली अधिवेशनमा प्यानलगत मत मागिएको भन्दै विवाद

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...

‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...

सामुदायिक वनको आम्दानी, संरक्षणसँगै गाउँको विकास

अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending