काठमाडौं । पछिल्लो एक महिनामा कम्बोडिया बाट १२७ जना नेपालीको उद्धार गरिएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनी का अनुसार उक्त संख्यामा नेपालीलाई नेपाल फर्काइएको हो।
उनका अनुसार बुधबार मात्रै ८ जनालाई उद्धार गरी काठमाडौं ल्याइएको छ। कम्बोडिया लगेर अलपत्र पारेको आरोपमा एक जना पक्राउ परेका छन् र हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
पछिल्लो एक महिनामा यस्ता घटनासँग सम्बन्धित ८ वटा मुद्दा दायर भइसकेका छन्। प्रहरीले पीडितहरूलाई सम्झाइबुझाइ गरी उजुरी दिन प्रेरित गर्ने काम पनि गरिरहेको जनाएको छ।
अनुसन्धानका क्रममा नेपालीहरूलाई कम्प्युटर वा सेक्युरिटी गार्डको कामको प्रलोभन देखाएर कम्बोडिया लैजाने र त्यहाँ पुगेपछि साइबर ठगी ९स्क्याम० मा लगाउने गरिएको पाइएको छ।
एसएसपी पंगेनीका अनुसार, “केहीलाई सेक्युरिटी गार्डको काम भनिएको छ भने अधिकांशलाई कम्प्युटरसम्बन्धी कामको आश्वासन दिइएको हुन्छ। तर त्यहाँ पुर्याएपछि साइबर ठगीमा प्रयोग गर्ने प्रवृत्ति देखिन्छ।”
प्रहरीका अनुसार पछिल्लो समय थाइल्यान्ड, म्यानमार र कम्बोडियाजस्ता देशहरूमा नेपाली युवा–युवतीलाई लगेर ‘साइबर दास’ का रूपमा काम गराउने प्रवृत्ति बढ्दो छ। यस्ता स्थानहरू प्राय: सरकारी पहुँचभन्दा बाहिर हुने भएकाले त्यहाँ क्याम्प बनाएर अवैध साइबर गतिविधिमा नेपालीहरूलाई प्रयोग गरिँदै आएको देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - १२:५५
तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइ...
श्रावण २३ गते, २०८३ - १२:४१
इलाम। मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम(राजदुवाली खण्डमा पहिरो गएपछि अव...
श्रावण २३ गते, २०८३ - १२:१०
कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा भएको छन् । उनले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा भएको हो । निर्मला पन्त हत्या ...
श्रावण २३ गते, २०८३ - ११:५९
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ। बैठक ...
श्रावण २३ गते, २०८३ - ११:४०
सल्यान। जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमा...
श्रावण २३ गते, २०८३ - ११:३१
कालीकोट। कालीकोटको पलाँता गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा वाइफाइ चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छ...
श्रावण २३ गते, २०८३ - ११:१८
जनकपुरधाम। मधेश प्रदेश सरकारले बर्सेनि बजेटको आकार बढाउँदै गौरवका आयोजना अघि सारे पनि बजेट कार्यान्वयनमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन । मधे...
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...



प्रतिकृया लेख्नुहोस्: