काठमाडौं । नेपाली कांग्रेस को संस्थापनइतर समूहको भेला आज धुम्बाराहीस्थित होटल स्मार्टमा हुँदैछ। भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी भएका छन्।
भेला तत्कालीन उपसभापति पूर्णबहादुर खड्का को सभापतित्वमा सुरु हुने जनाइएको छ। यस भेलामा विशेष महाधिवेशनबाट निर्वाचित तथा त्यस पक्षमा आबद्ध नेताहरू भने सहभागी छैनन्।
भेलामा शेरबहादुर देउवा समूह र शेखर कोइराला समूहका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ।
नेता गुरु बरालका अनुसार यो औपचारिक बैठक नभई अनौपचारिक भेला हो। उनले भने, “यो भेला पार्टीलाई ध्रुवीकरणबाट जोगाउँदै एकतावद्ध बनाउन सहयोगी हुनेछ। साथै, निर्वाचनको समीक्षा पनि गरिनेछ।”
भेलामा केपी शर्मा ओली र रमेश लेखक सम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।
भेलामा सहभागी प्रमुख नेताहरू
भेलामा सहभागी नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला लगायत छन्।
त्यसैगरी बद्रि पाण्डे, जीवन परियार, मानबहादुर विश्वकर्मा, मोहन बस्नेत, महेन्द्र सुब्बा, सरस्वती बजिमया, कल्याणी रिजाल, शारदा पौडेल, पुष्प पराजुली, अर्जुनजंगबहादुर सिंह, आशा विक, सीता राना, राधा घले, रामहरि खतिवडा, जीवनबहादुर शाही, ध्यानगोविन्द रञ्जित, राजीव विक्रम शाही, मानबहादुर नेपाली, सीता देवकोटा, सरस्वती तिवारी, विद्या तिमलसिना, लक्ष्मी खतिवडा, जीवन राना, कान्तिका सेजुवाल, रमा कोइराला, शुशिला मिश्र, डा। रणबहादुर रावल, इश्वरी न्यौपाने, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत, आनन्द ढुंगाना, बलबहादुर केसी, डा। मिनेन्द्र रिजाल, एनपी साउद, शिव हुमागाईं, किरण पौडेल, उमेशजंग रायमाझी, जितजंग बस्नेत, गुरु बराल, गणेश लामा, दीपक गिरी, दिलेन्द्र बडू, कुन्दन काफ्ले, श्याम घिमिरे, गेहेन्द्र गिरी, मदनबहादुर अमात्य, गोविन्द भट्टराई, भीम पराजुली, हरिशरण नेपाली, शंकर भण्डारी, सीता गुरुङ, पद्मनारायण चौधरी, कृष्णकिशोर घिमिरे, प्रदीप सुनुवार र शान्ति विक सहभागी रहेका छन्।
भेला पार्टीभित्रको आन्तरिक एकता, समन्वय र आगामी रणनीति तय गर्ने दिशामा केन्द्रित रहने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...
जेष्ठ ३ गते, २०८३ - १३:०७
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...
जेष्ठ ३ गते, २०८३ - १२:५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...
जेष्ठ ३ गते, २०८३ - १२:४४
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...
जेष्ठ ३ गते, २०८३ - १२:३७
हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ । ...
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...



प्रतिकृया लेख्नुहोस्: