मकवानपुर। मकवानपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ को सिमाना सानोपोखराचोक सडक खण्डमा गएराति स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
बुद्वचोकबाट पिप्लेतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३६६९ नं.को स्कारपियो गाडीले भित्रीबाटो मनकानमाचोकबाट सानोपोखराचोक हुँदै बाटो क्रश गर्दै गरेको अवस्थामा म।प्र।०३–०२७ प ४२९८ नं.को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा ८ कमाने मनकामनाटोलका २६ वर्षीय गणेश राना मगर र मोटरसाइकल पछाडि सवार हेटौँडा ४ का २२ वर्षीय विशाल विश्वकर्मा घाइते हुनुभएको हो । दुवै जना घाइतेको हेटौँडा अस्पताल उपचारभएको र स्कारपियो चालक हेटौँडा १७ चुच्चेखोलाका ३९ वर्षीय दिनेश राईलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा १५ रातोमाटेस्थित रिद्धीसिद्धी सिमेण्ट उद्योग जाने बाटो नजिकै सोमबारनै म्याजिक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना १ ज ८५३५ नं. को म्याजिकको अगाडिको दाहिनेतर्फको टायर पड्की अनियन्त्रित भई सडक छेउको नालीमा कोल्टे परी दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते हुनेहरुमा हेटौँडा १५ रातोमाटे भोर्लेकी १८ वर्षीया सुस्मिता थिङ, १७ वर्षीय रुपराज मोक्तान, २० वर्षीय राहुल दोङ, १५ वर्षीय रिजन रुम्बा, १९ वर्षीय विकास लामा, १७ वर्षीया करुना वाईवा, १८ वर्षीया रक्षा लामा, १९ वर्षीया उर्मिला घिमिरे, १९ वर्षीय समिक पाख्रिन, १८ वर्षीय सीता भोम्जन, र हेटौँडा ८ कमानेकी १९ वर्षीया हिउनिसा थोक्कर रहेका छन् ।
घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
म्याजिक चालक हेटौँडा १५ भोर्लेका ३४ वर्षीय नवराज स्याङ्तानलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...
जेष्ठ ३ गते, २०८३ - १३:०७
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...
जेष्ठ ३ गते, २०८३ - १२:५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...
जेष्ठ ३ गते, २०८३ - १२:४४
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...
जेष्ठ ३ गते, २०८३ - १२:३७
हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ । ...
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...



प्रतिकृया लेख्नुहोस्: