Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

दार्चुलामा जिप दुर्घटना: सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

खबरडबली संवाददाता

दार्चुला। दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ।

मृतकमा महाकाली नगरपालिका–६ निसिल घरभई कार्यालयमा कार्यरत अधिकृत ईन्जिनियर मनिसा चन्द पाल र शैल्यशिखर नगरपालिका–१ बारिल घरभई कार्यालयमा कार्यरत सिनियर ९एओ० भरतबहादुर तितरा रहेको छन्।

कर्मचारीहरू योजनाहरूको अनुगमन तथा नापजाँचका लागि शैल्यशिखर नगरपालिका–४ काडापारीबाट ओसिलतर्फ जाँदै गर्दा सुपप्र–००१ ज १६४१ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो। दुर्घटनास्थलमै उहाँहरूको मृत्यु भएको वडा अध्यक्ष रामसिंह ठगुन्नाले जानकारी दिए।

जिपमा सवार अन्य चार जनाले घाइते भएका छन्। घाइतेहरूमा मालिकार्जुन गाउँपालिका–५ डाडाकोट घरभई कार्यालय सहयोगी पदमा कार्यरत मिनबहादुर पाल, जिप चालक प्रकाशसिंह ठगुन्ना, तथा स्थानीय विक्रमसिंह महर र अकबर महर रहको छन्। घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीका अनुसार, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली घटनास्थलमा पुगेर उद्दार कार्यमा लागेको थियो। दुर्घटना मङ्गलबार बिहान ९ बजेतिर भएको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...

एमाले वर्तमान चुनौतीप्रति गम्भीर हुन आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...

कार्यवाहक प्रमुख सुनिता डङ्गोल ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जाँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...

लोमान्थाङमा ५९० कार्टुन चाइनिज भेपसहित तीन जना पक्राउ

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...

राष्ट्रिय परिचयपत्र कार्ड लिन हुम्लाबासीलाई सास्ती

हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ ।  ...

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक प्रचण्डको अडान

वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending