Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

कालीगण्डकी हाम फालेर प्रहरीबाट फरार भएका युवक बेपत्ता

खबरडबली संवाददाता

बागलुङ। पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक प्रहरीको चेकजाँचको क्रममा कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन कुमार पट्टेलका अनुसार, सोमबार साँझ ७ बजे पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गाको अस्थायी प्रहरी पोष्टमा नियमित जाँचका क्रममा विक भागेर कालीगण्डकीमा हाम फालेएको थिए।

विक बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग१क५२४४ नम्बरको ट्रकमा सवार थिए। प्रहरीले जाँच सुरु गर्दा उनी भागेको हो। ट्रकका चालक पनि फरार रहेको प्रहरीले जनाएको छ।

विकका परिवारले प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको भन्दै सडक अवरुद्ध गरेका छन्। रातको समयमा खोजि गर्न समस्या भएकोले, मङ्गलबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरीको तालिमप्राप्त टोलीले कालीगण्डकीमा विकको खोजि कार्य तीव्र बनाएका छन्।

साथै, ट्रकका चालकको खोजि कार्य समेत भइरहेको प्रहरी निरीक्षक पट्टेलले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...

एमाले वर्तमान चुनौतीप्रति गम्भीर हुन आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...

कार्यवाहक प्रमुख सुनिता डङ्गोल ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जाँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...

लोमान्थाङमा ५९० कार्टुन चाइनिज भेपसहित तीन जना पक्राउ

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...

राष्ट्रिय परिचयपत्र कार्ड लिन हुम्लाबासीलाई सास्ती

हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ ।  ...

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक प्रचण्डको अडान

वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending