विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरेको छ।
विश्वविद्यालय अन्तर्गतको ‘मनमोहन इन्स्टिच्युट अफ ल’ ले शनिबार आयोजना गरेको कार्यक्रममा अपराधशास्त्रमा एलएलएम अध्ययनरत पहिलो समूहका उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो। साथै सोही कार्यक्रममा नयाँ विद्यार्थीलाई विश्वविद्यालयको शैक्षिक प्रणालीबारे अभिमुखीकरण प्रदान गरिएको थियो।
कार्यक्रममा ‘स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी अफ ल’ की डिन डा. रेखा श्रेष्ठले गुणस्तरीय शिक्षा, समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा विश्वविद्यालय कुनै सम्झौता नगर्ने बताइन्। उनले विद्यार्थीलाई केवल उत्तीर्ण हुनमा सीमित नभई अनुसन्धानमुखी अध्ययनमा ध्यान दिन आग्रह गरिन्।
मनमोहन इन्स्टिच्युट अफ लका प्राचार्य कोषराज न्यौपानेले गुणस्तरीय शिक्षाकै कारण कानुन अध्ययनतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको बताए। उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समेत सहकार्य गरिरहेको जानकारी दिए। साथै निकट भविष्यमा कानुनमा पीएचडी तह सञ्चालन गर्ने योजना रहेको पनि उल्लेख गरे।
कार्यक्रममा अपराधशास्त्री तथा शिक्षक केशवराज पन्तले पहिलो समूहका विद्यार्थीको अध्ययन स्तर अपेक्षाभन्दा राम्रो पाइएको बताए। परीक्षा विज्ञ इन्जिनियर युवराज चौधरीले मर्यादित परीक्षा प्रणाली र समयमै नतिजा प्रकाशनमा विश्वविद्यालय प्रतिबद्ध रहेको धारणा राखे।
एलएलएम पहिलो सेमेस्टरमा उत्कृष्ट हुने रामसुफल सदा, दोस्रो हुने लवराज घिमिरे र तेस्रो हुने राजेश तिम्सिनालाई जनही ४८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। साथै जेहेन्दार विद्यार्थी संजयकुमार यादवलाई प्राचार्यतर्फबाट ११ हजार रुपैयाँ ‘गिफ्ट ब्याक’ छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा अपराध कानुनमा एलएलएम अध्ययनका लागि भर्ना भएका करिब ३० जना विद्यार्थीलाई स्वागत गरिएको थियो। उनीहरूलाई शैक्षिक कार्यक्रम, परीक्षा प्रणाली तथा व्यवस्थापनबारे जानकारी गराइएको विश्वविद्यालयले जनाएको छ।
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतको उक्त संस्थाले हाल व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: