काठमाडौँ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रावृत्ति रकम हिनामिना गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार महतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९र८० मा विद्यालयलाई प्राप्त एक लाख ४५ हजार ३५० रुपियाँ छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।
महतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरुलाई छात्रवृत्ति रकम एक हजार रुपियाँको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरुलाई एक हजार चार सय ८५ रुपियाँ २३ पैसाका दरले ४४ जनालाई ६५ हजार ३५० रुपियाँ गरी जम्मा एक लाख ४८ हजार ३५० रुपियाँ वितरण गरेको भरपाई तातोपानी गाउँपालिकालाई पठाएको देखिएको छ ।
विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरुलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरुले एकआपसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भरपाइ पुनस् किर्ते गरी मिति २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भरपाई तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुरमा उनीहरुविरुद्ध एक लाख ४५ हजार ३५० रुपियाँ बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...
जेष्ठ ३ गते, २०८३ - १३:०७
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...
जेष्ठ ३ गते, २०८३ - १२:५४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...
जेष्ठ ३ गते, २०८३ - १२:४४
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...
जेष्ठ ३ गते, २०८३ - १२:३७
हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ । ...
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...



प्रतिकृया लेख्नुहोस्: