Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

जनताको आँगनमै पुगेर विकासका योजना तय गरिने

खबरडबली संवाददाता

तनहुँ। तनहुँ क्षेत्र नं. २ मा विकास निर्माणका योजना छनोट प्रक्रियालाई पूर्ण रूपमा जनमुखी र पारदर्शी बनाउन नयाँ अभ्यासको थालनी गरिएको छ । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले ‘हाम्रो योजना, हाम्रो निर्णय’ नारासहित जनसहभागितामूलक विकास अवधारणालाई व्यवहारमा उतार्न ‘जनसंवाद’ अभियान अघि बढाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता समेत रहेका सांसद न्यौपानेले विकासका योजनाहरू कोठामा बसेर नभई जनताको आँगनमा पुगेर तय गरिने बताए।

सांसद न्यौपानेले भने, “अहिलेसम्म पहुँचका आधारमा योजना बाँड्ने परिपाटी थियो, जसले गर्दा वास्तविक आवश्यकता ओझेलमा पर्थे, अब योजनाहरू जनताकै रोहबरमा पहिचान हुनेछन् र कार्यान्वयनमा पनि स्थानीयकै सक्रिय सहभागिता रहनेछ ।”

यसले विकास प्रक्रियामा पारदर्शिता र जवाफदेहिता थप सुदृढ बनाउने सांसद न्यौपानेको भनाइ छ । अभियानअन्तर्गत हरेक तीन महिनामा नियमित रूपमा निर्वाचन क्षेत्रका विभिन्न पालिका तथा वडास्तरमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिने सांसद न्यौपानेको सचिवालयले जनाएको छ ।

सांसद न्यौपानेका अनुसार पहिलो चरणको ‘सांसद–जनसंवाद’ कार्यक्रम आगामी चैत २३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । सो क्रममा उहाँ स्वयं टोल–टोलमा पुगेर खानेपानी, सिँचाइ, तटबन्ध, सडक, शिक्षा, स्वास्थ्य र रणनीतिक पूर्वाधार विकासका विषयमा जनताको माग तथा सुझाव सङ्कलन गर्नेछन् ।

पहुँचका आधारमा योजना बाँड्ने पुरानो परिपाटीलाई तोड्दै अब जनताकै रोहबरमा आवश्यकता पहिचान गरिने र कार्यान्वयनमा पनि स्थानीयकै सक्रिय सहभागिता रहने उनको भनाइ छ । न्यौपानेले भने, ‘‘विकास निर्माणमा स्थानीयको अपनत्व अभिवृद्धि गर्न र वास्तविक समस्याको पहिचान गरी दिगो समाधान पहिल्याउन यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छु ।’’ पहिलो दिन चैत २३ गते घिरिङ गाउँपालिका, २४ गते ऋषिङ गाउँपालिका, २५ गते भिमाद नगरपालिका, २६ गते शुक्लागण्डकी नगरपालिका, २७ गते म्याग्दे गाउँपालिका र २८ गते व्यास नगरपालिकाको वडा नं ५ र ६ मा कार्यक्रम तय गरिएको छ ।

सो क्रममा उहाँ स्वयं टोल–टोलमा पुगेर खानेपानी, सिँचाइ, तटबन्ध, सडक, शिक्षा, स्वास्थ्य र रणनीतिक पूर्वाधार विकासका विषयमा जनताको माग तथा सुझाव सङ्कलन गर्नेछन्। सांसद न्यौपानेले भने, ‘‘यस नवीन पहलले ‘तलदेखि माथिसम्म’ ९बटम–अप० विकास अवधारणालाई व्यवहारमा उतार्दै लोकतान्त्रिक पद्धतिलाई जगैदेखि मजबुट बनाउने र तनहुँ–२ लाई जनसहभागिताको नमुना बनाउने अपेक्षा गरेको छु । ’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशका मुद्दामा केन्द्रित हुन कांग्रेस तयार हुनुपर्छ - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ। आर्थिक वर्ष  २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...

एमाले वर्तमान चुनौतीप्रति गम्भीर हुन आवश्यक छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेको छिन् । आइतबार काठमाडौँको बल्खुस्थित मद...

कार्यवाहक प्रमुख सुनिता डङ्गोल ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जाँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जा...

लोमान्थाङमा ५९० कार्टुन चाइनिज भेपसहित तीन जना पक्राउ

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending