बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहनको सरोकारवालाले संयुक्त अनुगमन गरेका हुन् । अनुगमनका व्रmममा कालाखोला क्षेत्रमा सबैभन्दा बढी नदी दोहन भएको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए। थापाले भने, “नदीमै आएर हेर्दा त डरलाग्दा खाडल बनाएर नदी दोहन गरिएको भेट्यौँ । अनुसन्धानपछि मापदण्डविपरीत कालीगण्डकी दोहन गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”
कालाखोला क्षेत्रमा झन्डै तीन सय मिटर लामो, एक सय मिटर चौडा र सात मिटरसम्मको गहिराइमा एक्साभेटर लगाएर नदी दोहन गरिएको छ । थापाले भन्नुभयो, “बालुवा झिक्ने नाममा ढुङ्गासमेत निकालिएको पाइयो ।” कालाखोला क्षेत्रको वातावरणमा समेत नकारात्मक असर पर्ने गरी जथाभाबी दोहन गरिएको थापाको भनाइ छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा बढीमा १।२० मिटर मात्र बालुवा उत्खनन गर्न पाउने प्रावधान राखिएको छ तर जथाभाबी उत्खनन मात्र नभई पानीको बहाब नै हटाएर बालुवा र ढुङ्गा निकाल्ने, नदीलाई कुरूप बनाउने काम भएको उनले बताए । नदी दोहन गरेपछि पानी लगाएर खाल्डा पुरे झँै गरेकोसमेत थापाले बताए ।
आइतबार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको नेतृत्वमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिकसहित विभिन्न निकायले संयुक्त रूपमा अनुगमन गरेको थिए । अनुगमनलाई प्राविधिक रूपमा अध्ययन गरेर विस्तृत विवरण बाहिर ल्याउने र दोहन गर्नेलाई कारबाही गर्ने, जथाभाबी निकालिएको सामग्री घाटगद्दी गरेर नगरपालिकाको आम्दानी बाँध्ने काम गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।
आचार्यका अनुसार प्राविधिकको यथार्थ प्रतिवेदन तयार गरिने, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनभन्दा बढी के कति दोहन भएको हो पत्ता लगाउने काम समेत गरिने छ । कालाखोला क्षेत्रमा प्रतीक निर्माण सेवा र मालढुङ्गा क्षेत्रमा विधि निर्माण सेवाले नदी दोहन गरिरहेको भेटिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...
जेष्ठ २६ गते, २०८३ - १६:४६
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...
जेष्ठ २६ गते, २०८३ - १६:३०
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...
जेष्ठ २६ गते, २०८३ - १६:०२
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...
जेष्ठ २६ गते, २०८३ - १५:४१
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...
जेष्ठ २६ गते, २०८३ - १५:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...



प्रतिकृया लेख्नुहोस्: