Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

डेढ महिनादेखि ग्यास अभाव कायमै, अहिले पेट्रोलपम्पमा पनि लाइन

खबरडबली संवाददाता

काठमाडौं । आयल निगमको व्यवस्थापकीय अक्षमताले डेढ महिनादेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन सकेको छैन । ग्यास आपूर्ति सहज नबनेकै अवस्थामा आइतबारदेखि पेट्रोलपम्पमा समेत उपभोक्ताको लाइन बाक्लिएको छ । 

आइतबार दिउँसोदेखि रातिसम्म उपत्यकाका अधिकांश पेट्रोलपम्पमा उपभोक्ताले लामो लाइन कुरेर मात्र सवारीसाधनमा इन्धन भर्न पाएका छन् । निगमले भने सोमबारदेखि निर्वाचनसम्म पर्ने लगातारको बिदाका कारण उपभोक्ताले पेट्रोल–डिजेल सञ्चय गर्न खोज्दा पम्पमा लाइन बाक्लिएको तर्क गरेको छ ।

निगम प्रवक्ता मनोज ठाकुरले नियमित परिमाणमा इन्धन बिक्री गरिरहेका र सार्वजनिक बिदाका दिन पनि कार्यालय खोलेर सेवा दिने जानकारी प्रवाह गर्दासमेत उपभोक्ता अतालिनु ठिक नभएको बताए । ‘मागेजति इन्धन वितरण गर्ने क्षमता छ र सार्वजनिक बिदामा पनि कार्यालय खोलेर तेल वितरण गर्छौँ भनिरहँदा पनि उपभोक्ताहरू अतालिएर पेट्रोलपम्पमा लाइन बस्नु राम्रो होइन,’ उनले भने, ‘उपभोक्ताले जति माग गर्छन्, त्यति नै तेल दिन सक्ने क्षमता छ ।’

उपभोक्तालाई भने निगमको ‘स्टेटमेन्ट’सँग भरोसा छैन । आइतबार साँझ भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ आयलमा इन्धन भर्न लाइनमा भेटिएका समीर थापाले लगातार परेको बिदाका कारण बजारमा अभाव हुन सक्ने डर रहेको बताए । ‘आयल निगमले ग्यास अभाव हुँदैन भन्थ्यो, तर अहिलेसम्म बजारमा सहज रूपमा ग्यास पाइँदैन । त्यसैले तेलको मूल्यसमेत बढ्ने अवस्था देखेपछि लाइनमै बसेर भए पनि पेट्रोल हाल्छु भनेर आएको हो,’ उनले भने । निगमले भने आइतबार काठमाडौंमा पेट्रोल १६ लाख ५० हजार लिटर र डिजेल १२ लाख नौ हजार लिटर बिक्री–वितरण गरेको जनाएको छ । जुन सामान्य अवस्थाको तुलनामा झन्डै दोब्बर हो ।

यद्यपि, आइतबार अन्य दिनको तुलनामा धेरै इन्धन बिक्री हुने गर्छ । किनभने शनिबार बिदा भएकाले निगमले इन्धन वितरण रोक्ने गरेको छ । पेट्रोलपम्पमा लाइन बढेपछि निगमले सोमबार बिदाका दिन पनि कार्यालय खोलेर इन्धन वितरण गर्ने निर्णय गरेको प्रवक्ता ठाकुरले जानकारी दिए । ‘सोमबार बिदामा इन्धन वितरण नगर्ने योजनामा थियौँ, तर आइतबार साँझसम्म पम्पमा उपभोक्ताको लाइन देखिएकाले सोमबार बिदा भए पनि कार्यालय खोलेर इन्धन वितरण हुन्छ,’ उनले भने । निर्वाचनमा हुने बिदाको समयमा समेत कार्यालय खोलेर इन्धन वितरण गर्ने भएकाले अनावश्यक सञ्चय नगर्न पनि उनले अनुरोध गरे ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि मागेजति तेल पाइरहेका कारण उपभोक्ता अतालिन नहुने बताए । ‘आयल निगमबाट मागेजति तेल आइरहेको छ । त्यसैले उपभोक्ताहरू तेलको मूल्य बढ्ने वा बिदाका कारण अभाव हुनेजस्ता आशंका राखेर अनावश्यक सञ्चयका लागि पम्पमा तेल भर्न आउनुपर्दैन,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending