काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेका संघसंस्था तथा संगठनलाई बल प्रयोग गरेर हटाउने चेतावनी दिएको छ।
त्रिविको सामान्य प्रशासन महाशाखाले गत वैशाख ४ गते ३५ दिनभित्र जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गर्दै १७ वटा संघसंस्थालाई पत्राचार गरेको थियो। तर तोकिएको समयभित्र जग्गा खाली नगरेपछि बल प्रयोग गरेर हटाउने तयारी गरिएको त्रिविले जनाएको छ।
उपकुलपति सुशीलबहादुर बज्राचार्यका अनुसार सम्बन्धित निकायलाई सामान सार्न थप केही समय दिइनेछ। त्यसपछि पनि अटेर गरे बल प्रयोग गरेर हटाइने निर्णय गरिएको छ।
यस विषयमा बुधबार शिक्षामन्त्री तथा त्रिविका सहकुलपति सस्मिता पोखरेललाई जानकारी गराइएको र उनले पनि प्रक्रिया अघि बढाउन सहमति दिएको उपकुलपति बज्राचार्यले बताए।
त्रिविको जग्गामा रहेका केही सरकारी निकाय भने यथावत् रहने जनाइएको छ। नेपाल प्रहरी लगायत त्रिविको आवश्यकताअनुसार रहेका सरकारी कार्यालयलाई नहटाइने तर व्यावसायिक प्रयोजनका लागि प्रयोग भइरहेका संरचना हटाइने त्रिविको भनाइ छ।
यसैबीच, बुधबार त्रिवि र प्रयोगशाला माध्यमिक विद्यालयबीच छलफल भएको थियो। विद्यालयले जग्गा भाडामा लिन प्रस्ताव गरे पनि त्रिविले त्यसलाई अस्वीकार गरेको जनाएको छ।
क्रिकेट मैदानको विषयमा भने वैकल्पिक व्यवस्था नहुँदासम्म समय लिएर खेल सञ्चालन गर्न दिने तयारी गरिएको छ। सरकारले मैदानको गुरुयोजना निर्माण गरिरहेको अवस्थामा छोटो अवधिका लागि सञ्चालन गर्न सकिने त्रिविको धारणा छ।
जग्गा खाली गर्न दिएको अल्टिमेटमपछिनेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले जग्गा फिर्ता गर्ने जानकारी गराएका छन्। तर ती स्थानमा भाडामा बसिरहेका व्यक्तिहरूको अनुरोधमा जेठ मसान्तसम्मको समय थप गरिएको छ।
त्रिविले नेपाल क्रिकेट संघ, ल्याबरोटरी माध्यमिक विद्यालय, बीपी कोइराला मेमोरियल प्लानेटोरियम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल नेत्रज्योति संघ, रक्तसञ्चार केन्द्र, कीर्तिपुर नगरपालिका, नेपाल विद्युत् प्राधिकरणलगायत संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको छ।
त्रिविको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनअनुसार २ हजारभन्दा बढी रोपनी जग्गा विभिन्न निजी, व्यावसायिक तथा धार्मिक संस्थाको प्रयोगमा रहेको पाइएको छ। प्रतिवेदनमा कीर्तिपुर क्षेत्रमा मात्रै करिब १ हजार ५०० रोपनी जग्गा विभिन्न संस्थाको भोगचलनमा रहेको उल्लेख छ। सोही प्रतिवेदनका आधारमा त्रिविले जग्गा फिर्ता ल्याउने अभियान अघि बढाएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: